• स्व.फत्तेमानको अपुरो मन

    म्यूजिक खबर
    प्रकाशित: ९ भाद्र २०७१, सोमबार

    काठमाडौं, ९ भदौ । गायक फत्तेमान राजभण्डारीको निधन भएको लामो समयपछि उनीद्वारा स्वरबद्ध गीतिएल्बम ‘अपुरो मन’ सार्वजनिक गरिएको छ । आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी अपुरो मनको सार्वजनिक गरिएको हो । नेपाल टेलिभिजनका महाप्रबन्धक नीर शाह, वरिष्ठ गीतकार रत्नशमशेर थापा र गायक प्रेमध्वज प्रधानद्वारा संयुक्त रुपमा अपुरो मनको सार्वजनिक गरिएको हो ।
    विमोचन कार्यक्रममा गायक फत्तेमान राजभण्डारीको स्मरण गर्दै अतिथिहरुले उनीबाट नेपाली संगीतकर्मीहरुले धेरै पाठ सिक्नुपर्ने बताएका थिए । राजभण्डारी नेपाली संगीत क्षेत्रका एक नक्षत्र भएको उल्लेख गर्दै अतिथिहरुले फत्तेमानको अपुरो मनको बारेमा उल्लेख गरेका थिए । संगीतकार संघ नेपालद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार शम्भूजित बास्कोटा, संगीतकार शान्तिराम राई, गायक राजेशपायल राई, संगीतकार लक्ष्मण शेष लगायतलाई नेपाली टोपी लगाइदिएर सम्मान गरिएको थियो ।
    एल्बममा हरि लम्सालको संगीत रहेको छ भने कृष्ण केशीको शब्द रचना रहेको छ । के ल्यायौ र, विस्तारै बोल, यता गल्ली उता गल्ली, तिरमा बसी र गालो गोरो अनुहार बोलका पाँच गीत समावेश गरिएका छन् । अनिल केसीद्वारा प्रस्तुत गरिएको एल्बमलाई टुभेल्स नोट्सले बजार प्रबद्धन गरेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु