• हिट्स एफएम म्यूजिक अवार्डको मनोनयन सार्वजनिक (नामावलीसहित)

    म्यूजिक खबर
    प्रकाशित: १३ श्रावण २०७१, मंगलवार

    काठमाडौं, १३ साउन । हिट्स एफएम म्यूजिक अवार्ड २०७१ को मनोनयन सार्वजनिक गरिएको छ । विगट १८ वर्षदेखि अवार्डको आयोजना गर्दै आएको हिट्सएफएमले यसै हप्ता प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो अवार्डको मनोनयन सार्वजनिक गरेको हो । २०७० बैशाख १ देखि चैत मसान्तसम्म हिट्स एफएममा दर्ता भएका गीतहरुलाई समावेश गरेर एफएमले अवार्डको मनोनयन सार्वजनिक गरेको हो ।
    जसअनुसार गायिका संगीता राना, कुन्ती मोक्तान, आस्था राउत, रजिना रिमाल, झुमा लिम्बु प्रतिस्पर्धामा रहेका छन् गायकतर्फ दीप श्रेष्ठ, दीपक खरेल, राजेशपायल राई, आनन्द कार्की र रविन शर्मा प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै सर्वोत्कृष्ट गीतिसंग्रहतर्फ आस्था राउतको आधार, कन्डेजा कलेक्टिभको ब्याक टु द रुट्स, नट्टको नट्ट, राजेशपायल राईको दर्शन नमस्ते र संगीता रानाको अनुपम रहेको छ । त्यस्तै नवप्रतिभा, पप संगीत सिर्जना, रक संगीत सिर्जना, लोकगीत, लोक गीतिसंग्रह, चलचित्र गीत, युगल गायन, रक गायन, महिला पप गायन, पुरुष पप गायन, रक गीतिसंग्रहलगायतको १७ विधाका गीतसंगीत तथा स्रष्टाहरुको प्रतिस्पर्धा हिट्स एफएम म्यूजिक अवार्डमा रहेको छ ।

    hma-2071-nomination-list

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु