
काठमाडौं । आइतबार राजधानीमा आयोजित ‘लक्ष्मी स्टिल्स राईजिङ स्टार–२०१६’को उपाधि बालाजुको होलिगार्डेन स्कुलमा कक्षा ९ मा अध्ययनरत अनुष्का मानन्धरले पाएकी छन् । प्रतियोगितामा अनुष्काले उपाधिसँगै नगद ५० हजार र विभिन्न गिफ्टह्याम्पर पाएकी छन । अनुष्काले शीर्ष उपाधि र पुरस्कार सहित बेष्ट पर्फरमेन्स अवार्ड पनि पाइन् । अनुष्कालाई गतवर्षकी विजेता स्मेरा सिंहले ताज पहिरिदिएकी थिइन् ।
‘राईजिङ स्टार’ को यस दोस्रो संस्करणमा डेफोडिल स्कुल कपनमा कक्षा ७ मा अध्ययनरत आशिका पराजुली मस्ट ब्युटिफुल अवार्डसहित सिनियर तफ ‘फस्ट रनरअप बनेकी छन् भने जुनियर तर्फ लिटिल एञ्जल स्कुलमा कक्षा ५ मा पढ्ने क्रिष्टल राई मस्ट फोटोजेनिक अवार्डसहित फस्ट रनरअप भएका छन् ।
त्यस्तै, सेकेण्ड रनरअप सिनियर तर्फ माउण्ट भ्यु स्कुलमा कक्षा ९ मा पढ्ने निराजन राउतले बाजी मारे भने जुनियरमा बेष्ट पर्सानालिटी अवार्डसहित लिटिल एन्जल स्कुलकी शितल लिम्बु सेकेण्ड रनरअप भइन् । प्रतियोगितामा ७० जना बालबालिका तथा किशोर–किशोरीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा पत्रकार अशोकप्यासी राई, संगीतकार टीका भण्डारी, टीभी जोर्ना्लिष्ट सुमितप्रताप जबरा, नृत्य निर्देशक सुमनसागर जंग केसी, मोडल कला सुब्बा, मिस मंगोल–२०१२ की सपना रोका, मेनहन्ट २०११ निर्जन थापा र मिस युथ–२०१५ की दीपिका केसी निर्णायक थिए ।
यस्तै, कार्यक्रममा क्रियटिभ वल्र्ड शैक्षिक सम्मान–२०७२ बाट होलीगार्डेन स्कुल बालाजुका संस्थापक प्रिन्सिपल एवं गायक तथा संगीतकार किरण प्रधानलाई सम्मान गरिएयो भने नगद १०हजारसहित क्रियटीभ वल्र्ड शैक्षिक पत्रकारिता पुरस्कारद्धारा शिक्षा पत्रकार एवं स्काउट मास्टर बलराम प्यासीलाई प्रदान गरिएको छ ।
कार्यक्रममा चर्चित पप गायक धिरज राईका साथ कलाकारहरु जलज प्रजापति, स्वराजसागर प्रधान, मेनुका राई र रेवत राईले आफ्नो गायन प्रस्तुति दिएका थिए । कार्यक्रममा गतवर्षकी विजेता स्मेरा सिंहले र बन्दना कला केन्द्रका विद्यार्थीले नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
राष्ट्रगानका रचयिता व्याकुल माइलाले पानसमा द्धीप प्रज्जवन गरि उद्घाटन गरिएको थियो । कार्यक्रमका संयोजक तथा क्रियटीभ वल्र्डका प्रबन्ध निर्देशक प्राज्ञ शान्तिराम राईले बालबालिकाहरुको व्यक्तित्व विकास, बौद्धिक विकास र कला प्रतिभाको बिकासले भोलिको सबल राष्ट्र निर्माणमा सघाउ पु¥याउन मद्दत पुग्ने विश्वासका साथ यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।