अन्जनाको मुटु चोर्नेहरु लण्डनमा भेटिए

म्यूजिक खबर
प्रकाशित: २३ माघ २०७१, शुक्रबार

काठमाडौं । गायक गायिका हुनु पनि गाह्रो छ, कसैले रुप चोर्छन्, कसैले मन चोर्छन् भने कसैले मुटु नै चार्ने गरेको खबरहरु आइरहन्छ । अब गायक गायिका भएपछि सबैको हुनै प¥यो नत्र गीत चल्दैन भन्छन् । गीत गायो स्रोताहरुको हुटिङ आउँछन् कसैले भन्छन् वान्स मोर कसैले भन्छन् आइलभ यू, कसैले छड्के नजर लाउँछन् कसैले कर्के नजर लाउँछन् । जे भए नि सहनै प¥यो । त्यस्तै अप्ठ्यारो परेको छ गायिका अन्जना गुरुङलाई पनि । केही वर्ष पहिला अन्जना गुरुङको मुटु चोरेर फरार रहेका एक जोडी लण्डनमा पो भेटिए भन्दा अचम्म ।
जसले मुटु चोरेर लग्यो उही घुम्छ नजर भरी बोलको गीत कुनै बेला चर्चाको शिखरमा थियो । गायिका अन्जना गुरुङलाई यो गीतले निकै चर्चा पनि दिलायो । बीबी अनुरागीको संगीत र शोभा पुनको शब्द रहेको यो गीत अन्जना गुरुङको स्वरमा जसरी गुन्जिएको थियो उनको गायकीलाई पनि धेरै माथि पु¥याउन सफल भएको थियो । विकल्प एल्बममा समावेश रहेको यो गीतले अडियो, सिआरबीटी, पिआरबीटीमा अग्रस्थान ओगट्न सफल भएको थियो । धेरै समयपछि यो गीतको स्रष्टाहरुको माग बढ्दै आएपछि यो गीतलाई भिडियो बनाउन बाध्यता आइपरेको गायिका गुरुङले बताइन् । यूट्यूबमा यो गीतको अडियोलाई स्रोताहरुले आफ्नो अनुकुलमा फोटो स्लाइड गरेर भिडियो बनाएपछि वास्तविक भिडियो नै बनाउनुपरेको गायिका गुरुङले बताइन् । यस म्यूजिक भिडियोलाई मनोज गुरुङले निर्देशन गरेका छन् भने प्रभु गुरुङ र रन्जिता गुरुङको अभिनय रहेको छ । यो म्यूजिक भिडियोको सुटिङको बेला हिउँ परेको कारण ८ डिग्री सेल्सियसमा गायिका गुरुङको लिप्सिङ लिइएको थियो । म्यूजिक भिडियो लण्डन र अमेरिकाको रमणीय दृश्यमा छायाँकन गरिएको हो । यो म्यूजिक भिडियोलाई आगामी फेब्रुअरी १४ भ्यालेन्टाइन डेको अवसरमा रिलिज गर्ने बताइएको छ ।

anjanak anjana amutu amm

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु