अन्जुसँग दुई तर्फि मायामा हिमाल सागर ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ११ मंसिर २०७४, सोमबार

११ मंसिर , काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित एवं लोकप्रिय गायक हिमाल सागर दुई तर्फिमा मायामा रहेको भिडियो सार्वजनिक भएको छ । हिमाल सागरकै शब्द संगीत रहेको ‘माया त दुई तर्फि नै’ बोलको गीतलाई धौलागिरी क्यासेट सेन्टरले बजारमा ल्याएको छ भने गोपाल रसाईलीले संगीत संयोजन गरेका छन् ।

झण्डैं डेड दशक देखी निरन्तर सांगीतीक क्षेत्रमा सक्रिय हिमालको आठौं सोलो एल्बम ‘मेघा’मा उक्त गीत समाबेश छ । २ सय भन्दा बढी गीतमा आवाज दिइसकेका हिमालले आफुले गाउने प्राय गीतहरु आँफैं कम्पोज गर्ने गरेका छन् । उनका सबैजसो गीत नेपाली दर्शक श्रोताको मन जित्नेखालको रहेको छ । सार्बजनिक गीतको भिडियोमा समेत हिमाल आफैं देखिएका छन् ।

हिमाललाई भिडियोमा अन्जु चौलागाँईले साथ दिएकी छिन् । बिकल्प दाहालले खिचेको भिडियोलाई बियोण्डले सम्पादन गरेका हुन् भने नितिन चन्दले निर्देशन गरेका हुन् ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु