• अभिनेता शशि कपुरको निधन

    म्यूजिक खबर
    प्रकाशित: १८ मंसिर २०७४, सोमबार

    १८ मंसिर, काठमाडौं । भारतीय चर्चित अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा आज सांझ निधन भएको छ । मृगौलाको रोगबाट पीडित भएका कपुरको मुम्बईको कोकिलाबेन स्थित धिरुभाई अम्बानी अस्पतालमा मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
    ५० को दशकबाट फिल्म खेल्न सुरु गर्नुभएका कपुरलाई ७० र ८० को दशकमा बलिउड स्क्रिनमा रोमान्सका लागि चर्चित मानिन्थे । कपुरले १ सय भन्दा बढी हिन्दी र केही अंग्रेजी फिल्म खेलेका छन् भने जब जब फूल खिले, वक्त, दिवार, त्रिशुल, हसिना मान जाएगी लगायतका फिल्म उनका चर्चित छन् ।

    कपुर केही वर्षदेखि मृगौलाको रोगबाट ग्रसित थिए । कपुरका परिवारजनले उनको मृत्यु भएको पुष्टि गरेका हुन् । उनको अन्त्येष्टि भोलि बिहान हुने परिवारजनले बताएका छन् ।

    कपुरको मृत्यु प्रति बलिउडका कलाकार, शुभचिन्तक लगायतले सामाजिक सञ्जालमार्फत् समवेदना दिएका छन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु