अर्जुनले दिए प्रति घर एक बोरा चामल

म्यूजिक खबर
प्रकाशित: २७ बैशाख २०७२, आईतवार

गोरखा । संगीतकार अर्जुन पोखरेल बैशाख १२ गते गएको भुकम्पबाट पीडित बन्न पुगेका गोरखाका जनताहरुबीच दुःख साट्दै सहयोगको हात फैलाउँदै हिंडिरहेका छन् । केही समय पहिला मात्र गोरखाका जनताहरुलाई राहत बितरण गरेर चितवन फर्केका संगीतकार पोखरेलले गोरखाकै दर्बुङ गाविसका जनताहरुलाई प्रति घर एक बोरा चामल राहत बितरण गरेका छन् । दर्बुङ गाविसका ४० घर परिवार रहेको एक गाउँमा अहिलेसम्म राहतको कुनै पनि कार्यक्रम नपुगेको भन्दै त्यहाँका बासिन्दाहरुले पोखरेललाई खबर गरेपछि गृहजिल्ला चितवनका पत्रकार र संगीतकार पोखरेल मिलेर राहत लिएर दर्बुङ पुगेका थिए । ४० घर परिवारलाई ४० बोरा चामल लिएर गोरखा पुगेका पोखरेलले आफूले सकेसम्म अझै सहयोग गर्ने मनसाय रहेको बताएका थिए । सेवा नै धर्म हो भन्ने सोचका साथ उनी भुइँचालो गएलगत्तैदेखि सहयोगका हात फैलाउँदै गोरखाका भुकम्प पीडित जनताहरुमा राहत लिएर पुगेका थिए ।

arjun

यसभन्दा अगाडि गोरखाकै भु्लिङचोकको आइरडाँडा, अर्चनबास, हिकलुङ लोपराङ, डाँडागाउँ, गैरीगाउँलगायतको ठाउँमा राहत लिएर पुगेका थिए । ५०० घर अन्र्तगत ४५० घर पूर्ण रुपमा क्षति भएको उक्त ठाउँमा ३०० वटा त्रिपाल मात्र पुगेको अवस्थामा संगीतकार पोखरेलको समूहले राहत लिएर पुगेका थिए । जसमा गायिका अन्जु पन्तले २० हजारका दरले जुन ठाउँमा जानुहुन्छ त्यो ठाउँमा राहत किनिदिनुस् भन्नुभएको र गीतकार श्रद्धा अधिकारीले पनि २० हजार बराबरको खाजा खुवाइदिनुस् भन्नुभएको थियो, संगीतकार पोखरेलले भने । विदेशमा रहेका नेपालीहरु र चितवनका पत्रकारहरुको सहयोगमा पोखरेलले गोरखाका भुकम्प पीडितहरुलाई राहत बितरण गर्न पुगेका थिए ।

arjun pokhrel

त्यस्तै संगीतकार अर्जुनको अभियानलाई युकेमा रहेका गीतकार नृपेश उप्रेती, अष्ट्रेलियामा रहेका गीतकार देवल भण्डारी, युकेमा बसोबास गर्दै आएका उत्तम लामिछाने लगायत नेपालीहरुले सहयोग पु¥याउने प्रतिबद्धता जनाएका छन् । उनीहरुले भुकम्प पीडितलाई सहयोग गरेर गाँस, बास, कपासको व्यवस्थ ागर्न सबैले आआफ्नो ठाउँबाट जुट्नुपर्ने बताएको संगीतकार पोखरेले म्यूजिकखबरलाई बताए ।

arjun pokharel

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु