अविशा भइन् ‘पाँचौ मिस लिम्बू’

म्यूजिक खबर
प्रकाशित: ६ मंसिर २०७४, बुधबार

मंसिर, काठमाडौं । ‘मिस लिम्बू–२०१७’को ताज अविशा फुदोङ लिम्बूले पहिरिएकी छन् । आफ्ना १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै अविशा पाँचौं मिस लिम्बू बन्न सफल भएकी हुन् । अविशालाई गत वर्षकी मिस लिम्बू सानु नेम्बाङले ताज पहिराएदिएकी थिइन् । महिला आरक्षणको पक्षमा कि विपक्षमा हुनुहुन्छ र किन ? भन्ने निर्णायकको उत्कृष्ट जवाफ दिएर ‘मिस लिम्बू’ बन्न सफल भएकी अविशाले ताजसँगै नगद एक लाख प्राप्त गरेकी छन् ।


याक्थुङ युथ एशोशिएसनद्वारा सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा पूर्वकुलपति तथा बरिष्ठ कवि बैरागी काँइलाको प्रमुख आतिथ्यमा आयोजित प्रतियोगितामा सन्ध्या तुमबाहाम्फे र सवनम साँवा लिम्बू क्रमश फस्ट रनरअप र सेकेन्ड रनरअप भए । उनीहरुले पनि क्रमश ताजसहित नगद ५० हजार र २५ हजार तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । ‘मिस लिम्बू’ को विशेष टाइटल उपाधि मानिएको ‘मिस युमा कल्चर’को उपाधिा भने मेनुका साउदेनले पाइन् । उनले पनि नगद ५० हजार प्राप्त गरिन् ।


कला सुब्बाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको फाइनलका लागि प्रेम एक्तेन, पूर्वमिस नेपाल उषा खड्की, समाजसेवी पवित्रा लिम्बू, फेसन पत्रकार तथा मोडल जयन सुब्बा मानन्धर र पत्रकार कृष्ण भट्टराई निर्णायक थिए । प्रतयोगितामा विभिन्न सब टाइनटल पनि प्रदान गरिएको थियो ।
सञ्चारकर्मी तथा समाजसेवी याङ्जोम शेर्पाको संयोजत्वमा आयोजित कार्यक्रममा तेह्र्रथुमे ढाका बुटिकले तयार पारेको पहिरनमा एक दर्जन मोडल ¥याम्पमा प्रस्तुत भएका थिए भने उपस्थित दर्शकलाई गायक डम्बर नेपाली, गायिका जशोदा सुब्बालगायतका कलाकारले मनोरञजन प्रदान गरेका थिए । कार्यक्रमको ब्राण्ड स्पोन्स सिंगापुर इन्टरप्राइजेजले गरेको थियो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु