अशिश्माको गिरिशसँगको रोमान्स बाहिरियो

म्यूजिक खबर
प्रकाशित: १९ मंसिर २०७३, आईतवार

मङ्सिर १९, काठमाडौं । चलचित्र होस् या म्यूजिक भिडियो नायिका अशिष्मा नकर्मीको अभिनयले राम्रो बजार पाइरहेको थियो । तर उनी एक कार्यक्रमका लागि अमेरिका पुगेको एक महिना भइसक्यो उतै भुलिरहेकी छन् । उनको अमेरिका बसाईको रहस्य भने यतिखेर बाहिरिएको छ । उनले गिरिश गुरुङसँग गरेको रोमान्स यतिखेर बाहिरिएपछि एकाएक उनको चर्चा जताततै भएको छ । हुन त अमेरिकामा यस्तो रोमान्सलाई खासै महत्व नदिए पनि हाम्रो समाज अनुसार भने फरक तरिकाले बुझ्न सक्नेछन् ।

ashisma-nakarmi
वास्तविकतामा उनको अमेरिका बसाईको यो रोमान्स भने म्यूजिक भिडियोमा देखिएको हो । अमेरिकामा नै छायाँकन भएको सायदमा अशिष्मा नकर्मी र गिरिश गुरुङको अभिनय रहेको छ । प्रजित रानाले निर्देशन गरेको म्यूजिक भिडियोमा मोनी राईको सम्पादन रहेको छ । सायदमा मेघ पौडेलको शब्द र स्वर रहेको छ भने योगेश काजीको संगीत रहेको छ ।


नेपालमा चलचित्र ‘राधे’को सुटिङ सकाएर अमेरिका गएकी अशिष्मा निखिल उप्रेतीको पिँजडा–२ मा पनि उनको अभिनय रहेको छ । उनले अभिनय गरेको ठूलो बजेटको भनिएको चलचित्र ‘संरक्षण’ रिलिजको तयारीमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु