अस्ट्रेलियाबाट आयो सञ्जीव खरेलको दशैतिहार गीत ‘फूलको माला हरर’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १४ आश्विन २०७६, मंगलवार

काठमाडौं । नेपालीहरुको महान चाडबाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाई र परिवारजन संगको भेटघाटलाइ नाच्ने गाउने रमाइलो बनाउनको लागि अस्ट्रेलिया निवासी गायक सञ्जीव खरेलले दशैतिहार गीत ‘फूलको माला हरर’ लिएर स्रोता दर्शक माझ आएका छन। दोस्रो गीत ‘बादल’ आएको करिव ५ महिना पछी गायक खरेलको ‘फूलको माला हरर’ नेपाली सांगीतिक बजारमा आएको हो । ‘फूलको माला हरर’ मा डि.पी. खनालको शब्द र सञ्जीव खरेलको नै संगीत रहेको छ । गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका हुन ।

गीतको भिडियोमा चर्चित नायक तथा मोडेल कोशिश छेत्री, रश्मी भट्ट, अन्जु चौलागाई लगायतको जीवन्त अभिनय रहेको छ भने भिडियोमा सुर्य लामाको छायांकन र फराज अर्पनको भिडियो सम्पादन एबम निर्देशनमा रहेको छ ।

भिडियोलाई सञ्जीव खरेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। बिराटनगर स्थायी घर भइ हाल अस्ट्रेलियाको सिड्नी रहेका गायक खरेलको यसअघिका ‘बादल’ र ‘मेरो मायालाई’ दर्शकले अत्याधिक मन पराएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु