अस्मिता भइन् चौथो संस्करणको ‘राईजिङ स्टार–२०१८’

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७५, बिहीबार

७ बैशाख, काठमाडौं । बालबालिकाहरुका लागि आयोजित ‘राईजिङ स्टार–२०१८’को चौथो संस्करणको उापधिा काठमाडौंको गोल्फुटास्थित लोयल्टी एकेडेमीकी छात्रा अस्मिता खड्काले जितेकी छन् ।


कक्षा ८ मा अध्ययनरत उनले आफ्ना ७९ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेकी हुन् । अस्मिताले उपाधिसँगै ५० हजार नगल पनि प्राप्त गरिन् ।
राजधानीको जमलस्थि नाचघरमा सम्पन्न प्रतियोगितामा जेम्स स्कुल धापासीमा कक्षा ८ मा अध्ययनरत छात्रा शुभना कायस्थले सिनियरतर्फबाट फस्ट रनरअप र आईडियल इंग्लिस स्कुल कुमारीगाल काठमाडौंकी कक्षा ४ की छात्रा फुर्वा शेर्पाले जुनियर तर्फ फस्ट रनरअप उपाधि पाए ।


प्रतियोगितामा सेकेन्ड रनरअप सिनियरतर्फ बेबीलोन स्कुल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत साम्राज्ञी सुब्बा र जुनियरतर्फ आइडियल इंग्लिस स्कुलकी ३ कक्षाकी दीया क्षत्री भए ।

कार्यक्रम अघिल्लो वर्षभन्दा राम्रो र सपल भएको आयोजक संस्थाका अध्यक्ष तथा प्राज्ञ एवं संगीतकार शान्तिराम राईले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु