आँचल मिस प्लस टु नेपाल

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७२, शनिबार

काठमाडौं । ‘दोस्रो मिस प्लस टु नेपाल–२०१५’को उपाधि चावहिलकी आँचल दवाडीले जितेकी छिन् । शनिबार साँझ काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न सो प्रतियोगितामा आफ्ना ३० प्रतिस्पर्धीलाई जितेर आँचलले मिस प्लस टु नेपाल–२०१५को ताज हाँसिल गरेकी हुन् । उनले सोही क्रममा ‘बेस्ट पर्सनालिटी’को उपाधि पनि हाँसिल गरिन् ।

7G0A1287
युहान इन्टरनेशनल इभेन्टस् प्रालिद्धारा आयोजित सो प्रतियोगितामा ललितपुरकी सागरिका मल्ल ठकुरीले ‘फस्ट रनर अप’ हाँसिल गरिन् । उनले ‘मिस कन्जियनालिटी’को उपाधि पनि प्राप्त गरिन् । सोही प्रतियोगिताको ‘मिस ट्यालेन्ट’को उपाधि सहित ‘सेकेण्ड रनर अप’को उपाधि स्नेहा पौडेलले हाँसिल गरिन् ।
अन्य उपाधिका लागि पनि प्रतियोगी बीच प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत ‘मिस मल्टिमिडिया’को उपाधि सितु श्रेष्ठले, ‘मिस फोटो जेनिक’को उपाधि निशा थापा क्षत्रीले, ‘मोस्ट पपुलर’को उपाधि सजना सिग्देलले, ‘भिवर्स च्वइस’ सुविधा न्यौपानेल, ‘मिस क्वाटवाक’को उपाधि रोजी कार्कीले र ‘म्यानेजमेन्ट च्वइस्’को उपाधि आरती खड्काले प्राप्त गरे ।

7G0A1288

सो प्रतियोगिताको निर्णायकमा चलचित्र निर्देशक एवं सञ्चारकर्मी डब्बु क्षत्री, चलचित्र निर्देशक प्रणब जोशी, अभिनेत्री अनिता आचार्य, अभिनेता÷चिकित्स आयुष्मान घिमिरे, बैंकर रबिना देशराज श्रेष्ठ जोशी, सञ्चारकर्मी सुमित प्रताप जबरा, इभेन्ट म्यानेजर अनुप सक्सेना, फेशन व्यबसायी श्वेता सिरोहिया रोक्का थिए ।
प्लस टु तहका युवतीहरुको प्रतिभा प्रस्तुति, व्यक्तित्व विकाश, सञ्चारमा पहुँचका लागि गतवर्षबाट ‘मिस प्लस टु नेपाल’ आयोजना गरिएको आयोजक सँस्थाका निर्देशक सानु खानले कार्यक्रममा बताए । सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु