आतुर दीपिका

म्यूजिक खबर
प्रकाशित: ३२ असार २०७१, बुधबार

बलिउड अभिनेत्री दीपिका पादुकोण इम्तियाज अलीको आगामी फिल्म ‘तमासा’लाई लिएर निकै उत्साहित छिन् । फिल्ममा उनको अपोजिट भएर एक्स ब्वाइफ्रेन्ड रणवीर कपुरले काम गर्ने भएपछि उनी आतुर भएकी हुन् । रणवीर अहिले अभिनेत्री कट्रिना कैफसँग प्रेममा छन् । यद्यपि, दुवैले आफूहरूबीच प्रेम रहेको सार्वजनिक रूपमा स्वीकार गरेका छैनन् ।

‘तमासा’को छायांकन फ्रान्समा चाँडै सुरु हुनेछ । यसअघि दीपिकाले रणवीरसँग ‘ये जवानी है दिवानी’ फिल्ममा काम गरेकी थिइन्, जसले बक्स अफिसमा ठूलो सफलता हात पारेको थियो । रणवीरसँग काम गर्न लाग्दा कस्तो लागिरहेको छ भनी सोध्दा दीपिकाले भनिन्, ‘रणवीरसँग काम गर्न लागेकाले म निकै उत्साहित छु । रणवीरसँग फेरि काम गर्ने अवसर मिलेको छ । यो फिल्म राम्रो बन्छ भन्ने मलाई विश्वास छ ।’ रणवीरको तारिफ गर्न समेत दीपिकाले भ्याइन् । ‘रणवीर शानदार स्टार हुन । उनले ‘लभ आजकल’ र ‘रकस्टार’जस्ता राम्रा फिल्ममा काम गरेका छन्,’ उनले भनिन् ।

deepika_padukone_cocktail_post_1342091478

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु