आदित्यनारायणको पहिलो आधुनिक गीत (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २३ आश्विन २०७४, सोमबार

२३ असोज २०७४, काठमाडौं । सुप्रसिद्ध गायक उदितनारयण झाका छोरा आदित्यनारायण झाको पहिलो नेपाली आधुनिक गीत फूल जस्तै सार्वजनिक भएको छ ।


यसअघि थुप्रै चलचित्रका गीत गाईसकेका आदित्यको यो पहिलो आधुनिक गीत रहेको गीतकार एवं निर्देशक सञ्जय बराल बताउँछन् । यतिबेलाका चर्चित अनि व्यस्त संगीतकार शिखर सन्तोषको संगीत रहेको उक्त गीत ‘फूल जस्तै’ मनी शर्मा रिजालले लेखेका हुन् । रिजालले पछिल्लो समयमा निकै राम्रा सिर्जनाहरु पस्किन थालेपछिको अर्को उत्कृष्ट गीत बनेको संगीतकार सन्तोष बताउँछन् ।

फूलको जस्तो वास्ना लिएर प्रमिका एक प्रेमीलाई भेट्न आउँदा कस्तो हुन्छ होला भन्ने भाव मिसिएको उक्त गीतमा वुद्ध थापाको टीमले क्यामेरामा साथ दिएका छन् भने राजिव समरले कोरियोग्राफी गरेका छन् । म्युजिक भिडियो निर्देशनमा निकै व्यस्त रहेका गीतकार एवं निर्देशक सञ्जय बरालले गीतलाई सुन्दर ढंगले भिडियो निर्देशन गरेका छन् ।

त्यस्तै गीतको म्युजिक भिडियोमा सुन्दर नायीका एवं मोडल केकी अधिकारी र उम्दा मोडल पुष्पल खड्काको सशक्त अभिनय रहेको छ । जेन मिडियाले सार्वजनिक गरेको उक्त गीत दर्शक श्रोताको रोजाईमा पर्ने र रुचाईने सिंगो युनिटको विश्वास रहेको बताइएको छ ।

 

भिडियो लिंक

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु