इजरायलमा नयाँ बर्ष २०७५मा ‘नेपाल आइडल साङ्गीतिक साँझ’ हुने !

म्यूजिक खबर
प्रकाशित: १५ चैत्र २०७४, बिहीबार

इजरायल | नेपाली नयाँ वर्ष २०७५ लाई स्वागत गर्न तथा शुभकामना आदानप्रदान गर्दै इजरायलमा रहेका नेपालीहरुलाई एक छातामा भेला गराई रमाइलो गराउन आगामी अप्रिल १३ तारिख नेपाल आइडलका टप तिन कलाकार इजरायल आउने भएका छन् । एनआरएन इजरायलले आयोजना गर्न लागेको ‘नेपाली नयाँ बर्ष नेपाल आइडल साङ्गितिक साँझ २०७५ इजरायल’ कार्यक्रममा सहभागी हुन बुद्ध लामा, प्रताप दास र निशान भट्टराई सहित नेपाल आइडल कार्यक्रमका प्रस्तोता तथा ब्यवस्थापक शुसील नेपाल आउने भएका हुन् ।

वैदेशिक रोजगारीको शिलसिला अन्तर्गत इजरायलमा रहेका नेपालीहरुलाई पर्ने विभिन्न समस्या अन्तर्गत विरामी भएर आर्थिक अभावले उपचार गर्न नपाएका लगायत अन्य यस्तै समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने उदेश्यले आर्थिक संकलन गर्न कार्यक्रमको आयोजना गरीएको एनआरएन इजरायलका महासचिव तेन्जिङ शेर्पाले बताउनु भएको छ ।

शेर्पाका अनुसार इजरायलको तेलअभीवमा हुने उक्त सांगीतिक कार्यक्रममा सहभागी हुन आयोजकले यहाँ रहेका नेपाली नागरिक, संचारकर्मी, सामाजिक संघसंस्थाहरु लगायत सबैलाई आग्रह गर्दै उक्त समय कुनैपनि कार्यक्रमको आयोजना गरेर नजुधाईदिन पनि अनुरोध गरेको बताउनु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु