इन्स्पेक्टर भोजराज पाण्डेले आफ्नी प्रियसीका अभिव्यक्तिलाई शब्दमा उतारेपछि बन्यो मार्मिक गीत !

म्यूजिक खबर
प्रकाशित: ११ माघ २०७४, बिहीबार

माघ ११, काठमाडौं । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा प्रहरी निरीक्षक को रुपमा कार्यरत नेपाल प्रहरीका राष्टयोदा गितकार भोजराज पाण्डेको उत्कृष्ट शब्द सिर्जनामा तयार पारिएको ‘विते कति रात’ बोलको मार्मिक गीत बजारमा आएको छ । भोजराज पाण्डेको शब्द चयनमा मेलिना राईको स्वरबद्धभई सामाजिक सञ्जालबाट गीत सार्वजनिक भएको हो ।

रोजगारीको शिलशिलामा भोगेका कतिपय मार्मिक भावहरुलाई गीतमा समेटिएको छ ।

‘कति विते यादहरु’ को गीतमा संगित संयोजन नविन श्रेष्ठ को रहेको छ । गितलाई बजारमा प्रियसी म्युजिक प्रालीले ल्याएको हो । विते कति रातहरु बोलको गीतको भिडियोमा आशा खड्का , अमन श्रेष्ठ, अनमोलको अभिनय देख्न सकिन्छ । गितको भिडियोलाई निर्देशक बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । भिडियोमा मुकेश हुमागाईको छायांकन र अविनास डिसीको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु