ऋतिक सुजैनको सम्बन्ध विच्छेद

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७०, शनिबार

एजेन्सी । चलचित्र उद्योगमा बलिउड हलिउड होस् या कलिउड नै किन नहोस् सम्बन्ध विच्छेदका घटनाहरु सामान्य बन्दै गइरहेका बेला बलिउडका सुपरस्टार ऋतिक रोशन र उनकी श्रीमती सुजैनबीच पनि सम्बन्ध विच्छेद भएको छ । ऋतिक रोशन र सुजैन रोशन अन्ततः औपचारिक रुपमै अलग भएका छन् । एक वक्तव्य निकाल्दै ऋतिकले आफूहरु अलग भएको बताएका छन् भने सुजैनले पनि अलग हुने निर्णय गरिसकेकी छन् ।
‘सुजैनले मस“ग छु्ट्टिने निर्णय गरेकी छन् । हामीबीचको १३ वर्È लामो सम्बन्ध अब समाप्त भएको छ,’ ऋतिकले वक्तव्यमा भनेका छन् । ऋतिकले आफू र दुवै जनाको परिवारका लागि यो निकै पीडादायी समय भएको भन्दै मिडिया र आम नागरिकलाई आफूहरुको गोपनियताको ख्याल गर्न पनि आग्रह गरेका छन् । यो खबरले विवाह जस्तो शब्द प्रतिको आफ्ना प्रशंशक र अरु मानिसको विश्वास कम होस् भन्ने आफूले नचाहेको भन्दै उनले विवाहप्रति आफ्नो पूर्ण विश्वास रहेको र हरतरहबाट आफूले यसको सम्मान गर्ने ऋतिकले बताएका छन् । आफ्ना प्रशंशकलाई धन्यवाद दिंदै ऋतिकले भनेका छन्, ‘म उनीहरुप्रति आभारी छु जसले मेरो स्वास्थ्यको चिन्ता गरेका छन् । मेरो उपचार सहि रुपमा भईरहेको छ र म छिटै सामान्य जिन्दगीमा फकिर्नेछु ।’ उनीहरुबीच लामो समयदेखि सम्बन्ध बिग्रिएको र अलग भएको खबर आइरहेपनि अहिले बल्ल ऋतिक आफै“ले त्यसको पुष्टि गरेका हुन् ।

435883-hrithik-and-suzanne-roshan-announce-split-reuters
सुजैनले ऋतिकको अर्कै केटीस“ग सम्बन्ध रहेको शंका गर्न थालेपछि विवाद बढ्दै गएको थियो । जसका कारण सुजैन लामो समयदेखि माइतीमा बस्दै आएकी थिइन् । ऋतिक र सुजैन खान सन् २००० डिसेम्बर २० तारिखमा विवाह बन्धनमा बा“धिएका थिए । उनीहरुका दुई जना छोरा ऋहान र ऋदान छन् । ऋतिक चर्चित निर्देशक अभिनेता राकेश रोशनका छोरा हुन् भने सुजैन अभिनेता सञ्जय खानकी छोरी तथा हिरो जायद खानकी दिदी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु