एन्जिलाले सन्तोषलाई लभ लाइफको डेफिनेसन सिकाइदिएपछि

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७४, शुक्रबार

असार १६, काठमाडौं । तीन दर्जन भन्दा बढी गीत गाएर चर्चित बनेकी गायिका एन्जिला रेग्मीले गायक सन्तोष अछामीलाई लभ लाइफको डेफिनेसन सिकाइदिएकी छिन् । लभ लाइफको डेफिनेस सिकाइदिएकी एन्जिलालाई सन्तोषले आफ्नो मनको फिलिङ्स् बुझ्न पनि आग्रह गरेका छन् ।

anjila-regmi-santosh
वास्तविकता भने यी दुईको यस्तो वार्तालाप भएको भने होइन । एन्जिला र सन्तोषको आवाज रहेको ‘लभ लाइफ’ बोलको गीत सार्वजनिक भएको छ । भिम बिष्ट ‘शिरिष’को शब्द तथा भिम बिसीको संगीतमा तयार भएको उक्त गीतमा पुष्कर सुनुवारको एरेन्ज रहेको छ । सङ्स नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत निकै रमाइलो किसिमको रहेको छ ।

हेरौं म्यूजिक भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु