कतारमा ‘सुपरस्टार नाइट धमाका’ हुँदै

म्यूजिक खबर
प्रकाशित: १० बैशाख २०७४, आईतवार

काठमाडौं ।  सुपरस्टार नाइट धमाका–२०१७’ नामक संस्कृतिक कार्यक्रमका लागि नेपालका सर्वाधिक चर्चित र लोकप्रिय कलाकारको टोली कतार प्रस्थान गर्ने भएको छ । नाम चलेका चर्चित अनुहारहरुको धमाका रहने उक्त कार्यक्रमलाइ आइबोस ग्लोबल कम्पनी कतारले आयोजना गर्ने भएको हो ।superstar-night
कार्यक्रमलाई भव्य बनाउन पछिल्लो समयमा कलाकारितामा  राज गरिरहेका सर्वाधिक चर्चित र लोकप्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । जसमा हाँस्यकलाकार दिपकराज गीरी र दिपाश्री निरौला, नायिका प्रियंका कार्की, गायिकाहरु सहिमा श्रेष्ठ, मन्जु पौडेल, मेलिना राई, आस्था राउत डान्सरहरु रश्मी तामाङ, डोली सरकार, नायक दुर्गेश थापा र गायक सुनिल पण्डित लगायत कार्यक्रममा प्रस्तुति दिनका लागि कतार जाने भएको छ ।
एशियन टाउन हल ग्राण्डमल सनैयामा जुन महिना इद अल फितरको पहिलो दिन कार्यक्रम हुने कार्यक्रम आयोज आइबोस ग्लाबल कम्पनीले जनाएको छ ।deepa shree- rashmi tamang- deepak raj

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु