कन्हैयाको संयोजनमा नेपाली कलाकार महासंघको स्थापना

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०७२, सोमबार

गायक कन्हैया सिंह परियारको संयोजनमा अमेरिकामा रहेका नेपाली कलाकारहरुको छाता संगठन नेपाली कलाकार महासंघ उत्तर अमेरिका स्थापना भएको छ । वरिष्ठ गायक नरेन्द्र प्यासी र वरिष्ठ अभिनेत्री कृष्टि मैनाली संरक्षक रहेको उक्त महासंघमा अमेरिकाका विभिन्न शहरबाट कलाकारहरुको संयोजन गर्दै सदस्यहरु चयन भएका छन् ।
प्रमुख संयोजकका रुपमा गायक सिंह न्यूयोर्कबाट रहेका छन् भने त्यसका सदस्यहरुमा बुद्धिसागर बस्याल (क्यानडा संयोजक), श्रीराम थापा (क्यालिफोर्निया संयोजक, बसिल अर्याल (टेक्सास संयोजक), पवन वली (भर्जिनिया संयोजक), मिन दर्लामी (सिकागो संयोजक), रञ्जना शर्मा (संयोजक न्यूयोर्क), श्याम गुरुङ (संयोजक बाल्टिमोर), रमेश परियार (संयोजक वासिङटन डिसी) रहेका छन् ।

kanhaiya copy
त्यस्तै प्रमुख सल्लाहकारमा गायक प्रेमराजा महतलगायत रवि लामिछाने, रविना थापा, रतन सुवेदी, खगेन्द्र जिसी एवम् कानूनी सल्लाहकार विनोद रोका सल्लाहकारमा रहेका छन् । त्यस्तै अमेरिकाको तर्फबाट मिडिया कोअर्डिनेटर शरदविक्रम सिंह, किशन रेग्मी, विकासराज न्यौपाने, विष्णु पौडेल र नेपालबाट मिडिया कोअर्डिनेटरमा सुमन बैरागी रहेका छन् ।
महासंघमा अमेरिकाका सबै शहरहरुबाट नेपाली कलाकार संघ आबद्ध रहने छन् । गायन, बाद्यवादन, अभिनय होस् वा चलचित्र, संगीत, नाटक सबै विधामा पोख्त रहेका कलाकारहरु महासंघभित्र अटाउन सक्ने उद्देश्यका साथ नेपाली कलाकार महासंघ उत्तर अमेरिका स्थापना गरिएको प्रमुख संयोजक गायक सिंहले जानकारी दिए । २०१६ जनवरीभित्र नै सबै शाखाका पदाधिकारीको नामावली सार्वजनिक गरिने र एक वर्षपछि महासंघको कन्भेन्सन आयोजना गरिने पनि महासंघका मुख्य संयोजक सिंहले जानकारी दिए । गायक सिंह यसभन्दा अघि नेपाली अमेरिकन कलाकार संघका संस्थापक वरिष्ठ उपाध्यक्ष एवं कार्यवाहक अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु