कलाकारका साथ जुटे युवा सञ्चारकर्मी, सामाजिक कार्य गरि नयाँ वर्ष मनाइने

म्यूजिक खबर
प्रकाशित: २९ चैत्र २०७२, सोमबार

युवा सञ्चारकर्मी तथा युवाहरुले नयाँ वर्षमा मनाउने अनावश्यक खर्च र समयलाई अनाथ बालबालिकासँग मनाउने उद्देश्यका साथ यहि ३० गते कपन स्थित रुओन बालगृहमा नेपालका चर्चित कलाकारहरुको साथमा स्वास्थ्य शिविर, स्वस्थ खान पिन, शैक्षिक सामाग्री, लत्ताकपडा वितरण साथमा मनोरञ्जन कार्यक्रम गरिने भएको । अनावश्यक र गलत प्रयोजनमा भईरहेको खर्चलाई कटौति गर्दै अनाथ बालबालिका, बृद्धाबृद्धहरुको सहयोगमा खर्च गर्ने सोचका साथ यो कार्यक्रम आयोजना गरिएको हो । यो अभियानको रुपमा नै अब विभिन्न चार्डपर्व तथा अन्य बेलामा पनि यस्तै सामाजिक काममा खर्च गर्ने कार्यक्रमको संयोजन गरेका सञ्चारकर्मीहरुले बताएका छन् । सधै समाचार मात्र लेख्ने होइन अब आफुले पनि केहि गर्नु पर्छ भन्ने भावनाका साथ युवा सञ्चारकर्मीले यो पहल थालेका हुन । यस कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरु किरण केसी, शिवहरि पौडेल, मनोज आचार्य, सुरेन्द्र केसी, बिनोद केसी, सविता गुरुङ, निरज नेपाल, हेमा कोइराला, शिवशंकर रिजाल, डिजे युवा, जान्वी बोहरा, रामकृष्ण श्रेष्ठ, योजना पुरी, दीपक स्वप्नील श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, भगवती खड्का, अस्मीता सिलवाल लगायतका चर्चित कलाकारहरुको साथमा डा.श्याम खड्का, डा.पुनम कर्ण, वरिष्ठ पत्रकार, समाजसेवी, युवा उद्यमीहरुको उस्थिती रहने छ ।

poster

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु