कल्याणकारी कोषमा ४ लाख १६ हजार ७५५

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७३, सोमबार

माघ १०, काठमाण्डौ । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको पुष महिनासम्मकोे बिवरण सार्वजनिक गरेको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार संघले दोश्रो बिवरण सार्वजनिक गरेको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका छन् ।

composer associan of nepal
नेपाली संगीतकर्मीहरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिए । बिवरण सार्वजनिक गर्ने अघिल्लो दिन हेटौडा बसामडी घर भै हाल अमेरिका बस्ने गीतकार नारायण गौतमले २० हजार १५० सहयोग गरेका थिए । उनले पठाएको रकम एक कार्यक्रमका बीच संगीतकार संघ नेपालका कोषाध्यक्ष हरि लम्साललाई हस्तान्तरण गरिएको थियो । गीतकार गौतमले यस प्रकारको स्रष्टाको हित हुने अभियानमा आफनो सधै साथ र समर्थन हुने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

laxman shesh
कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेकोे छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतीय शबदाह गृहको खर्च २२ हजार ५ सय कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार, प्रसिद्ध लोकगायक बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको संघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु