कायरा फेशन शो, नायिकाहरु क्याटवाक गर्दै

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७२, शुक्रबार

काठमाडौं— कायरा बुटिकले शनिवार कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजना गर्न लागेको ‘कायरा रन वे–४’ शीर्षकको फेशन शोमा दश जना नायिकाहरुले क्याटवाक गर्दैछन् । फेसन शोमा कायरा बुटिकले तयार पारेका पहिरनहरु प्रदर्शन गर्ने नायिकाहरु रिमा विश्वकर्मा, निता ढुंगाना, वेनिशा हमाल, वर्षा राउत, वर्षा शिवाकोटी, सम्पदा बानिया, अशिष्मा नकर्मी, स्वस्तिमा खड्का र छुल्ठिम गुरुङ छन् । नायिकाहरुले एउटा सिक्वेन्सको क्रममा लेहेंगा–चोली तथा वन पिस प्रदर्शन गर्नेछन् ।

धीरज तण्डुकारले कोरियोग्राफी गर्ने यो फेसन शोमा एक दर्जन व्यवसायिक मोडलहरुका साथै बालबालिकाहरुले पनि क्याटवाक गर्दैछन् । फेसन शोमा विभिन्न ६ वटा सिक्वेन्समार्फत पहिरनहरु प्रदर्शन गरिने कायरा बुटिककी रोजिना श्रेष्ठले बताएकी छिन् । बालबालिकाहरुले दुई वटा सिक्वेन्समार्फत फेन्सी तथा पार्टी वेयर प्रदर्शन गर्नेछन् भने व्यवसायिक मोडलहरुले सारी, लेहेंगा तथा विन्टर वेयरहरु प्रदर्शन गर्नेछन् ।

Fashion Show_Invitation
कार्यक्रममा मन्त्र व्याण्डको लाइभ प्रस्तुति रहनेछ भने गायकहरु बालद प्रसाई, कोशिस क्ष्ँेत्री, फराज अर्पण, गायिका सुमन गुरुङ आदिले गीत–संगीतमार्फत र कमेडियन महादेव त्रिपाठीको हास्य प्रस्तुति दिनेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु