कार्कीको पन्ध्रौं एल्बममा ‘लभ यू फरेवर’

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७३, सोमबार

काठमाडौं । गायक आनन्द कार्कीको पन्ध्रौँ गीति एल्बम ‘लभ यू फरेभर’ सार्वजनिक भएको छ । बरिष्ठ गायक प्रेमध्वज प्रधान, सङ्गीतकार दीपक जङ्गम, सङ्गीतकार शक्ति वल्लभ, गीतकार डा.कृष्णहरि बराल, दिनेश अधिकारी लगायतले एल्बमको लोकार्पण गरेका हुन् ।

एल्बम सार्वजनिकपछि कार्यक्रममाझ बोल्दै कार्कीले भने – संघर्षका दिनहरूबाट चौधौँ एल्बमसम्म निकाल्दासम्म पूरा गर्न नसकेका अधुरा सपनाहरूलाई यस एल्बममा पूरा गर्ने कोसिस गरेको गायक कार्कीले बताए । त्यस्तै एल्बमका सामान्य शब्दका गीतलाई पनि मन छुने गरी गाउन सक्ने कला कार्कीमा रहेको दीपक जंगमले बताए ।

ananda-karki
कार्यक्रममा आनन्द कार्की र ईश्वरी कार्कीले प्रेमध्वज प्रधान, उन्नती बोहरा शीला, दीपक जंगम, कृष्णहरि बराल, शक्ति बल्लभ, दिनेश अधिकारी, सकुना श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गायक कार्कीबारे तयार पारिएको अटोबायोग्राफी भिडियो पनि प्रस्तुत गरिएको थियो । त्यस्तै शेर्पिनी कान्छीको शब्द र शिखर सन्तोषको सङ्गीत रहेको ‘सुनसान रातमा’ गजलको म्युजिक भिडियो पनि लोकार्पण गरियो । आनन्द कार्की र गायिका सन्जिवनीले स्वरबद्ध गरेको उक्त गजलमा अनिल थापा र प्रियंका एमभिको अभिनय रहेको छ ।

‘आज फूलसँग साटेँ’ र ‘यो मन तिमीलाई दिएँ’ गीतमा गायक कार्की स्वयंले सङ्गीत दिएका छन् । साथै ‘स्वदेशी सामान प्रयोग गरौँ’ गीतमा कार्कीसँगै इन्दिरा जोशीको पनि आवाज रहेको छ । यी गीतका साथै एल्बममा ‘ए मेरी माया,’ ‘जीवनमा धेरै खोला तर्नु छ,’ ‘देखेँ जबदेखि,’ ‘छाडी जाँदै छु म सहर,’ ‘खुलेनन् कि नयन तिम्रो,’ ‘यो मन तिमीलाई दिएँ,’ ‘मरे भने प्रियसी म’ गरी दस गीतहरू समावेश छन् । साथै कार्यक्रममा गायक कार्कीले यसै एल्बमको ‘जीवनमा धेरै खोला तर्नु छ’ गीतका साथ सदाबहार ‘यी हल्लाहरू हन्,’ ‘पर्दा पछाडि नै,’ ‘हे मेरी माया,’ ‘फुल्न त फुल्यौ’ गीतहरूको लाइभ प्रस्तुति दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु