• किन गइन् माण्डवी युरोप ?

    म्यूजिक खबर
    प्रकाशित: २५ चैत्र २०७२, बिहीबार

    गायिका माण्डवी त्रिपाठी यतिबेला युरोप भ्रमणका लागि हानिएकी छिन् । पछिल्लो समयकी चल्तीकी गायिकाको रुपमा रुचाइएकी गायिका नेपालमै दिन दिनै स्टुडियोमा गीत रेकर्ड गर्दैमा फुर्सद थिएन र पनि युरोपतिर किन गइन् भन्ने चासो बढ्नु स्वभाविक नै हो । गायिका माण्डवी त्रिपाठीले अब दुई महिना युरोपमा नै बिताउने भएकी छिन् । विदेशमा नै कलाकारहरु दौडिरहेका छन् आखिर त्यहाँ के रहेछ ? माण्डवी मात्र होइन धेरै गायक गायिका विदेशमा कन्सर्ट गर्नमै व्यस्त हुन्छन् भने उनको त कुरै भएन ।

    गायिका त्रिपाठीको आफ्नै गीतसंगीत उत्पादन गर्ने कम्पनी छ, आफ्नै रेकर्डिङ स्टुडियो छ तर उनको पेशा भने गायन नै हो त्यसैले उनी विदेशका महोत्सवमा जान्छिन् यसमा अन्याथा मान्नुपर्ने कुनै कारण पनि छैन । गायिका माण्डवी त्रिपाठीको छुट्टै पहिचान छ, उनको फ्यानहरु धेरै छन्, सामाजिक रुपमा सेलीब्रेटी बन्नुको पछाडि उनीसँग सिक्नुपर्ने केही पाठहरु पनि छन् । गायिका मात्र भए हुन् सामाजिक रुपमा उसको पहिचान, व्यवहारका पनि कुरा हुन्छ त्यो सबै कुराको भरिपूर्ण गायिका माण्डवीको युरोप भ्रमण वास्तवमै संगीतमय हुनेछ । उनले सिम्पल सिम्पल, ढल्क्यो ढल्क्यो, बारुले कम्मर, मात लाग्यो मात लाग्यो जस्ता चर्चित गीत गाएर नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्नेछिन् ।

    mandu1

    उनको सांगीतिक भ्रमण हो युरोप, उनीसँग हरिवंशका स परिवार छन् भने मदनकृष्णका बाबु छोरा अनि नरेन्द्र कंसाकार पनि । यो जम्बो टोलीले युरोपका विभिन्न शहरमा दुई महिनासम्म विभिन्न कार्यक्रम गर्दै नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । बुधबार युरोपका लागि हिंडेको यो टोली नववर्षका कार्यक्रमहरु सकेर मात्र नेपाल फर्कने छ ।

    mandavi-madankrishna mandavi tripathi

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु