कुन देशको संस्कृति कस्तो छ ?

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७२, बुधबार

हाम्रो सानो मुलुकभित्र त विभिन्न कला संस्कृति छन् भने सात देशको कलासंस्कृति झल्काउन नेपालमा आयोजना गरिएको आठौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा भने कस्ता कस्ता कला संस्कृति झल्किएका थिए होलान् ! नेपालको संस्कृतिलाई विश्वसामु फैलाउने र विश्वको कला संस्कृतिलाई नेपालमा प्रदर्शन गरेर एकआपसमा हातेमालो गर्ने उद्देश्यले आयोजना गरिएको यो मेलामा विभिन्न देशका विभिन्न मौलिक कला संस्कृति प्रस्तुत गरिएको थियो । एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने प्रमुखे उदेश्यले गत फाल्गुन १९ गते देखि फाल्गुन २८ गते सम्म आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०७२ सकिएको छ । लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो मेला नेपाल लगायत विभिन्न देशका कलासंस्कृति झल्काउँदै समापन गरिएको हो ।

international folk festival (4)

काठमाण्डौं, काभे्रपलान्चोक (बनेपा), नुवाकोट (त्रिशुली), धादिङ्ग र पोखरा जस्ता पर्यटकिय तथा ऐतिहासीक क्षेत्रमा सात देशका कलाकारहरुले आ–आफ्नो देशका कला संस्कृति प्रस्तुत गरेका थिए । महा भुकम्पबाट क्षति पुगेको ऐतिहासिक तथा बिश्व सम्पदा सुचिमा आबद्ध हनुमानढोका जस्ता पर्यटकीय दरबार क्षेत्रमा यस पटक भने यस्ता लोक संस्कृति कार्यक्रम भने आयोजना गर्न सकिएन तर पनि पर्यटकयहरुले अवलोकन भने गरेका थिए । मेला हरेक दुई दुई बर्षमा आयोजना गरिने यो मेलामा इस्टोनिया, मेक्सिको, इन्डोनेसिया, बङगलादेश, भारत (गुजरात), भारत (पंजाब) र नेपाल सहित विश्वका ७ भन्दा बढी राष्ट्रबाट विभिन्न सांस्कृतिक समुहका कलाकारहरुले भाग लिएका थिए । १० दिन लामो महोत्सव अवधीभर कलाकारहरुले आ–आफ्नो संस्कृति झल्कने भेष–भुषा लगाई लोक नृत्य, संगीत, लोक गीत र पद यात्रा (¥याली) समेत गरेका थिए ।

international folk festival (1)

काठमाण्डौ आसपासका बिभिन्न बिद्यालयमा गई बिदेशी कलाकारहरुले आफ्ना सांस्कृतिक प्रस्तुत गरेका थिए भने बिद्यालयका बिद्याथीहरुको समेत सांस्कृतिक प्रस्तुती गरेका थिए । यस किसिमको सांस्कृितक आदान प्रदानको कार्यक्रमले बिद्यार्थीमा आपसी ब्यक्तित्वको बिकास, बिदेशी कलाकारसंग मित्रता साथै उनीहरुमा आन्तिरीक कृयाकलाप प्रति पनि हौसाला बढ्ने विश्वास लिइएको छ ।

international folk festival (2)

मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले मुलुकको कला संस्कृतिलाई विश्वसामु फैलाउने कोशिस गरेको छ । मुलुकभित्र सयभन्दा माथिका विभिन्न जात जातिका कला संस्कृति रहेका छन्, तिनीहरुको कला संस्कृतिलाई विश्वसामु पु¥याउन यो संस्थाले अझै सम्बन्धित समुदायसँग समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने भने देखिन्छ । जे होस् सरकारी तबरबाट गरिनुपर्ने काम एउटा संस्थाले गरिनु आफैंमा गौरवको विषय हो ।

international folk festival (15) international folk festival (14) international folk festival (6) international folk festival (7) international folk festival (8) international folk festival (5) international folk festival (9) international folk festival (10) international folk festival (11)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु