कोइराला तिम्रो प्रतिक्षामा

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७१, बुधबार

काठमाडौ, १४ जेठ । लामो समयदेखि संगीत क्षेत्रका आफ्नो भविष्य खोजीरहेका गायक याम के.बी. कोइराला यतिखेर तिम्रो प्रतिक्षा नामक एल्बम लिएर आएका छन् । आफ्नै स्वर, शब्द र संगीतमा सजिएको तिम्रो प्रतिक्षा एल्बमबाट आफ्नो सांगीतिक भविष्य स्थापित हुने बताउँछन् । २०५९ सालमा यो दिलमा तिम्रो याद आउँछ किन हो किन, मिर्मिरेमा यो मनलाई चुुम्छ किन हो किन बोलको गीतबाट सांगीतिक यात्रा शुरु गरेका याम के.बी. कोइरालाले त्यसपछि पुर्बेली लोकदोहोरी एल्बम शितल छायाँमा बजारमा ल्याएका थिए । केहि समय भारतमा मनिष जैसवालसँग सांगीतिक शिक्षा लिएका कोइरालाले संगीत क्षेत्रमा आफूलाई गायनकै माध्यमबाट स्थापित गराउन चाहन्छन् । नयाँ एल्बम तिम्रो प्रतिक्षामा संसारको पिर व्यथा थाहै नपाई सारिदियौ बोलको गीत मात्र बजारमा रिलिज गरेका छन् भने अन्य गीतहरु केहि समयपछि रिलिज गर्ने तयारीमा रहेको कोइरालाले बताए । मिहिनेत गरियो भने मात्र फलको आशा गर्नु पर्छ भन्ने सोचका साथ अगाडि बढेका कोइराला निरन्तर संगीतमा लागेर गायकको रुपमा आफ्नो परिचय स्थापित गर्ने बताउँछन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु