कोमल र प्रज्ञाको सुनौ सुनौं लाग्ने आवाजमा नाचौं नाचौं लाग्ने तीज गीत

म्यूजिक खबर
प्रकाशित: ५ असार २०७४, सोमबार

komal oli- Pragya-sharad

असार ५,काठमाडौं । चर्चामा छाइरहने गायिका कोमल वलीले गाएका गीतहरु पनि त्यसरी नै चर्चामा आउने गर्छन् । उनले बजारमा ल्याएका गीतहरु मध्ये गएको तीजको गीतले पनि निकै चर्चा कमायो । ‘पोई चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटी हो’ भन्दै गीत गाएकी कोमलले अर्को बर्ष कस्तो गीत ल्याउलिन् भन्ने धेरैको पखाईको विषय पनि हुनेगर्छ ।

यसैबिच कोमलले यसबर्षको तिज गीत पनि सार्वजनिक गरिसकेकी छिन् । गीतको भिडियो छायांकनबाटै चर्चामा रहेको ‘म त नाच्दिन के रे’ बोलको तिज गीत भर्खर मात्र सार्वजनिक गरिएको छ । गीतको भिडियो कोमलले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

गीतमा अहिले पोई चाहियो भन्ने कुरा त गरिएको छैन तर आफ्नो प्यारा नभए ननाच्ने भन्ने शब्दहरु प्रयोग गरिएको छ । यसपालिको तीज गीतमा कोमलले आफ्नी बहिनी प्रज्ञा वली शरदलाई पनि सँगै नचाएकी छिन् । जहाँ दुबैजना मिलेर आफ्ना प्याराले हेरेपछि मात्रै नाच्ने भनेको देखिन्छ ।

गीतमा कोमल र प्रज्ञाको स्वर रहेको छ भने एक नारायण भण्डारीले शब्द लेखेका हुन् । भिडियोको निर्देशन पवित्रा आचार्यले गरेकी हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा कोमल र प्रज्ञाको साथमा सुनिल र शरदले अभिनय गरेका छन् ।

हेर्नुस् भिडियोः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु