को बन्छ वाट्सप नेपाली तारा ?

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७२, शुक्रबार

काठमाडौं । यो मन त हाम्रो नेपाली हो भन्ने मुख्य नाराका साथ वाट्सप नेपाली तारा खोजी प्रतियोगिता हुने भएको छ । यो प्रतियोगीता विश्वभरी छरिएर रहेका नेपाली प्रतिभाहरुलाई लक्षित गरी गर्न लागिएको बताइएको छ । यसमा पहिलो अडिसन र दोस्रो अडिसनमा भ्याइसमा मात्रै गीत गाउनु पर्ने, तेस्रो अडिसनदेखि पाचौं अडिसनसम्म म्यूजिक ट्रयाकमा गाउनु पर्नेछ । त्यस्तै सातौं राउन्डमा कुनै एउटा राउन्डमा निर्णायकहरुले दिएकोे गीत गाउनु पर्ने, आठ राउन्ड देखि फाइनलसम्म भिडियो बनाएर सेन्ड गर्नु पर्ने नियम रहेको बताइएको छ ।

nepali tara
कार्यक्रमको निर्णायकमामा कुमार दुमी राई (युएसए), सुमन राई र मनोज साङसोङ रहेका छन् भने संयोजकमा संगीता राई, अभिषेक लिम्बु, कोकील मोक्तान, शम्भू लामा र हर्क भट्टराई रहेका छन् । यसका लागि वाट्सपको एप्स डाउनलोड गरि संसारको जुनसुकै ठाउँबाट पनि भाग लिन सकिने आयोजकले जनाएको छ । यसका ००९६६५९४२४०६२७ सम्पर्क नम्बर रहेको छ । यसको फाइनल प्रतियोगीत भने नेपालमा नै गर्ने आयोजकको तयारी रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु