क्यानडामा प्रमोदको हंगामा

म्यूजिक खबर
प्रकाशित: ७ जेष्ठ २०७१, बुधबार

काठमाडौं, ७ जेठ। गायक प्रमोद खरेल यतिखेर क्यानडातिर हंगामा मच्चाउँदैछन् । एक महिने क्यानडाको सांगीतिक यात्रामा होमिएका खरेलले बुद्ध जयन्तीको अवसर पारेर क्यानडामा आयोजना गरिएको हामी नेपाली कार्यक्रममा हंगामा मच्चाएका हुन् । आफ्नो एकल सांगीतिक यात्राको अवसरमा उनले क्यानडाको विभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिँदै आइरहेका छन् ।
हामी नेपाली नामक सांगीतिक कार्यक्रममा खरेलले हंगामा भो, मेरो दिल छ पोखरामा, डुबायो पापी मायाले, उसले जति माया, कन्ट्रोल भएन लगायतका एक दर्जनभन्दा बढी गीतहरु प्रस्तुत गरेका थिए । जुन १ तारिखका दिन कार्यक्रम सकेर नेपाल फर्कने सोचमा रहेका खरेलले उक्त कार्यक्रममा स्टेजबाट गीत गाउँदागाउँदै दर्शकहरुको भीडमा ओर्लिएर पनि सँगसँगै गीत गाएका थिए । बाक्लो दर्शकको भीडलाई उनका गीतले नचाउने हँसाउने मात्र भएन की वान्स मोर वान्स मोर भन्दै अझ गीत गाउन हौसला प्रदान गरेपछि उनले कुनै गीतहरु त फेरी गाउनु परेको थियो । आफ्नो नेपालीपन झल्काउने राष्ट्रिय गीत पनि स्टेजमा गाएर दर्शकहरुलाई नेपाल सम्झाउन पुगेका गायक खरेलले राष्ट्रिय झन्डाको साथमा स्टेजमा आफ्नो प्रस्तुति दिइरहेका थिए । गायक प्रमोद खरेलको साथमा बुद्धिसागर बस्यालको पनि प्रस्तुति रहेको थियो ।
pramod kharel pramod kharel (20) pramod kharel (19) pramod kharel (18) pramod kharel (17) pramod kharel (14) pramod kharel (13) pramod kharel (10) pramod kharel (9) pramod kharel (7) pramod kharel (6) pramod kharel (3) pramod kharel (2) pramod kharel (1)

pramod kharel (13) pramod kharel (12) pramod kharel (11) pramod kharel (8) pramod kharel (19)

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु