क्विन अफ साउथ एशिया हुने !

म्यूजिक खबर
प्रकाशित: ४ माघ २०७४, बिहीबार

काठमाडौं। सौन्दर्य प्रतियोगीताहरुको भिडमा एक फरक सोच र उद्देश्यका साथ युवतिहरुको प्रतिभालाई उजागर गर्नका लागि Queen of South Asia 2018 आयोजना हुने भएको छ । यो सुन्दरी प्रतियोगिताको क्षेत्रमा नै फरक सैलीको हुने आयोजक संस्था दाबी छ। नेपाल, बाङ्लादेश, पाकिस्तान श्रिलंका तथा ईन्डिया को बिभिन्न शहरहरुबाट बर्ष प्रतियोगी चुनिने छन।

प्रतियोगीताको आधिकारिक पोष्टर सार्वजनिक गर्दै आयोजक संस्थाले अडिसन फर्म खुल्ला भएको जनाएको छ।  बाङ्लादेश, पाकिस्तान श्रिलंका तथा ईन्डियाको बिभिन्न शहरहरुमा यस प्रेतियोगितताको ओडिसन तथा सेलेक्सन राउन्ड हुन्छ भने नेपालमा भने काठमाडौंमा मात्र ओडिसन तथा सेलेक्सन राउन्ड हुनेछ।

सेमीफाइनल तथा फाइनल राउन्ड काठमान्डौ मा हुनेछ, फाइनल मार्च १७ तरिक सिटी हलमा हुनेछ। आर एस फिल्मस नेपालले नेपालको तर्फ आयोजना गर्दै छ।   आर एस फिल्मस-नेपाल, फ्याब कमुनिकेसन-बाङ्लादेशग, ए टि एन बङ्ला-बाङ्लादेश  एक्स जेन-इन्डिया तथा एसिएन युरोपियन पेरिस- श्रिलंक  इन्टरन्यासनल कल्चरल फोरम अमेरिकाको संयुक्त आयोजनामा नेपालमा  हुनेछ ।

हरेक देशबाट ८/८ प्रतिस्पर्धिहरुले जम्मा ४० जनाले  सेमी फाइनलमा भागलिने छन र फाइनलमा हरेक देशबाट ४/४ जना प्रतिस्पर्धिहरु पुग्नेछन। बिजेता, फर्स्ट रन्नरअप, तथा सेकन्ड रन्नरअपले नगद पुरस्कार सहित Queen of South Asia को ताज पाउनेछन।

प्रतिस्पर्धिहरु लाई सञ्चार, एमसि, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षा साथै अन्य विभिन्न विषयमा प्रशिक्षण दिइने छ । +२ अध्ययन गर्दै गरेका वा सो सरह भन्दा माथि शैक्षिक योग्यता भएका १७ बर्ष देखी २८ बर्ष सम्मका प्रतियोगी हरुले भागलिन पाउने यस प्रतियोगिताको आबेदन फारम यही जनवरी १५ बाट बितरण गरिने छ भने सेलेक्सन राउन्ड फेब्रुवोरी १७ तारिक काठमाडौंमा हुने  जानकारी आर एस फिल्मस का प्रबन्ध निर्देशक मिरज कोइराला तथा निर्देशक सीतल आचार्यले जानकारी दिए ।

फारम आबेदन आर एस फिल्मस, लाजिम्पाट बाट प्राप्त गर्न सक्नुहुनेछ भने R S films को फेसबुक पेजबाट पनि प्राप्त गर्न सक्नुहुनेछ।

जानकारीका लागि आर एस फिल्मस, लाजिम्पाटमा   ०१४४२१९९  सम्पर्क गर्न सकिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु