गन्धर्वलाई सारङ्गी पुरस्कार

म्यूजिक खबर
प्रकाशित: ११ फाल्गुन २०७२, मंगलवार

काठमाडौं । १० औं सारंगी दिवसको अवसरमा महिला सारंगी वादक वर्त गन्धर्वलाई सारंगी पुरस्कार प्रदान गरिएको छ ।  सारंगी सम्राट जंगबहादुर गन्धर्व संगीत प्रतिष्ठानद्वाराहालै काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई दस हजारराशीको जंगबहादुर गन्धर्वसारंगीपुरस्कार प्रदानगरिएको हो। गन्धर्व जातिको सांस्कृतिक बाजा सारंगीको संरक्षण, सम्वद्र्धन र प्रचार प्रसारका लागि गठित प्रतिष्ठानबाट पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष भुवन गन्धर्वले बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समयमा लोप हुँदै गरिरहेको सारंगीको संरक्षण गर्न सरकार गम्भीर नभएको बताउनुका साथैसारंगीको इतिहास र गरिमालाई बचाइ राख्न नयाँ पुस्ताका सारंगीवादकहरु यसमा क्रियाशिल हुनुपर्नेमा जोड दिएका थिए ।

12694774_938007972914900_2129420998619383955_o
पुरस्कृत कलाकारलाई प्रतिष्ठानका तर्फबाट लक्षिमा गन्धर्वले नगद राशी र दलित कलाकार नेपाल, गन्धर्व संस्कृति कला संगठनलगायतका संस्थाहरुले संयुक्त रुपमा ताम्रपत्र वितरण गरेका थिए । रुविन गन्धर्वको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता गन्धर्व संस्कृति कला संगठनका अध्यक्ष नरबहादुर गन्धर्वले गरेका थिएभने कार्यक्रमको सञ्चालन दलित अभियन्ता सन्तोष गन्धर्वले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु