गायक तथा संगीतकार सुनील बर्देवाको निधन

म्यूजिक खबर
प्रकाशित: २९ भाद्र २०७३, बुधबार

sunil-bardewa

काठमाडौं, २९ भदौ । गायक तथा संगीतकार सुनील बर्देवाको मंगलबार बेलुकी निधन भएको छ । कलेजोको समस्याबाट पीडित उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका उनका गीत निकै चर्चित छन् ।

पप गीतहरुमा संगीत संयोजन गर्ने उनी गीत समेत लेख्थे । बर्देवाका ‘जब म’, ‘मेरो गितार’, ‘बेस्ट अफ सुनील बर्देवा’लगायतका गीति एल्बम निस्किएका छन् । एक छोरा र एक छोरी रहेका उनको श्रीमतीको केही वर्षअघि नै निधन भएको थियो  ।

बर्देवाको पार्थिव शरीरलाई श्रदाञ्जलीकालागि बुधबार दिउँसो १ बजे नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा राखिने जनाइएको छ । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु