गायक मन्ना डे रहेनन्

म्यूजिक खबर
प्रकाशित: ७ कार्तिक २०७०, बिहीबार

प्रख्यात भारतीय गायक मन्ना डेको बुधबार राति बेंगलूरमा निधन भएको छ ।  छातीको संक्रमणका कारण गत जुन महिनामा लामो समय अस्पता भर्ना गरिएका थियो । उनी ९४ वर्षका  गायक मन्ना डे  हिन्दीसँगै विभिन्न भाषामा करीव चार हजार गीत गाएका उनी चलचित्रको पार्श्वगायनमा शास्त्रीयतर्फका हस्ती मानिन्थे । उनले बलिवुड अभिनेता बलराज साहनी, राजकपुर, प्राण, राजेश खन्ना, अमिताभ बच्चनसमेत धेरै कलाकारका लागि गीत गाएका छन् । पचास र साठीको दशकमा हिन्दी चलचित्रका कुनै गीत रागमा आधारीत भए त्यसलाई गाउन दिन संगीतकारको पहिलो रोजाइमा मन्ना डे पर्थे । उनले १९७१ मा पद्मश्री र सन् २००५ मा पद्म विभूषणजस्ता पुरस्कार पाएका थिए । उनका धेरै गीतहरूमध्ये यी गीतहरू अत्यधिक मन पराइएकामा पर्छन् ।

जिन्दगी कैसी है पहेली… (चलचित्र : आनन्द), एक चतुर नार करके श्रृंगार.. (पडोसन), लागा चुनरी मे दाग… (दिल ही तो है), कसमे वादे प्यार वफा ..(उपकार), यारी है इमान मेरा यार मेरी जिन्दगी..(जंजीर), तुझ बिन जीवन कैसा जीवन (बावर्ची), ये रात भीगी भीगी …(चोरी चोरी), प्यार हुआ इकरार हुआ है..(श्री ४२०)’ र ‘ए मेरी जोहरा जबीं..(वक्त) सन् १९१९ मा कोलकाताको बंगाली परिवारमा जन्मेका प्रबोधचन्द्र डे नै पछि मन्ना डे भएका हुन् । सन् १९४३ मा मामा कृष्णचन्द्र डेको संगीत रहेको चलचित्र ‘तमन्ना’ बाट सांगीतिक करिअर थालेका उनले सुरैयाका साथ गाएको गीत हिट भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु