गायक सागर र तुलसीको “भाग्य” सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १५ फाल्गुन २०७४, मंगलवार
काठमाडौं, १५ फागुन । देवी म्युजिक सोलुसनको प्रस्तुतिमा सागर धितालको लोकदोहोरी  गीत भाग्य म्युजिक नेपालको युटुव मार्फत बजारमा आएको छ । नेपाली गीत संगीतका सष्टा तथा सर्जक हरुको विभिन्न जिवनका भोगाइका कारुणिक भावहरुलाई आफनो आवाजको माध्यम बाट समेटने क्रममा सुरज लामिछानेको शब्द तथा संगीतमा सो गीत बजारमा आएको हो । नेपाली संगीतको क्षेत्रमा लोकदोहोरीको भुमिका निकै ठुलो रहेको छ ।
दुख र सुखका भोगाइहरुलाई गीतको माध्यमबाट पोख्ने अझैपनि गाउँघरमा पोख्ने गरिन्छ । गायक सागर धिताल र गायिका तुलसी धर्तिको  सुमधुर आवाज गीतमा रहेको छ । मानिसको भाग्य कस्ले लेख्छ र कसैको पिडा लाई कसैपनि देख्न सक्दैन भन्ने अनुभव साटिएको छ । “भाग्य” गितको भिडियोमा  मिलन क्षेत्री र चेतनाको निकै  उत्कृष्ट अभिनय रहेको गितमा काजिश श्रेष्ठको निर्देशन  रहेको छ । सागर गौत्तमको छायाँकन तथा रमीत वली ले सम्पादन गरेका छन ।
“भाग्य” भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु