गायिका सुनितामीको उत्कृष्ट लोकदोहोरी गीत “आँखा मार्योंनि”बजारमा

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७४, मंगलवार

भाद्र २७, काठमाडौं । सरगम संगीत प्रालिको प्रस्तुतिमा चर्चित गायिका सुनितामी परियारको अर्को उत्कृष्ट लोकदोहोरी गीत “आँखा मार्योंनि”बजारमा आएको छ।

 

बहुचर्चित सर्जक शिब हमालको उत्कृष्ट शब्द र सुनितामी परियारको मनै छुने लय सृजनामा बजारमा आएको उक्त गीतमा आवाज भने चर्चित गायिका सुनितामी परियार र अर्जुन सुनामले दिएका छन् ।

 

चर्चित मोडल तथा गायक सुमन परियार र सबिता परियारको दमदार अभिनय रहेको गीतको निर्देशन भने बिनोद सुन्दासले गरेका हुन् ।सन्तोष ढकालको छायांकनमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन भने किशन बिसीले गरेका हुन् ।

गीत निकै उत्कृष्ट बनेको छ । हेर्नुहोस् म्यूजिक भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु