गीतकार उपाध्याय भन्दैछन्– ‘कहाँ बज्यो मुरली’ ? हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: ७ फाल्गुन २०७४, सोमबार

फागुन ७, काठमाडौं । चर्चित तथा आधुनिक सङ्गीतका गहकिला गीतकार गोविन्दप्रसाद उपाध्यायको शब्द रहेको ‘कहाँ बज्यो मुरली’ बोलको गीत आज भर्खरै युटुब बाट अडियो र भिडियो दुबै बजारमा आएको छ । यस गीतमा सङ्गीत र सङ्गीत संयोजन मानसी किरन को छ भने गायन निकै प्रतिभा बोकेका नव गायक रन कुमार लामाको रहेको छ । रोमियो गुरुङ र वहाँको समुहले बनाएको बिडियो पनी राम्रो बनेको छ।

गायक लामाको आफ्नो पहिलो साङ्गीतिक एल्बममा यो गीत समेटिने कुराको जानकारी गायकले हामीलाई जानकारी गराउनु भयो । २०७५ साल बैशाखमा एल्बम बजारमा ल्याउने जानकारी पनी दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु