गीतकार उपाध्याय र काँडाको सम्बन्ध, हेर्नुस् भिडियो

म्यूजिक खबर
प्रकाशित: १४ मंसिर २०७३, मंगलवार

pauma-kada

काठमाडौं । बर्तमान नेपाली सङीतको क्षेत्रमा आधुनिक र गजल सङीतमा निकै चर्चित र मर्म स्पर्शि शब्द कोर्ने गीतकारको रुपमा चिनीन्छन गीतकार गोबिन्द प्रसाद उपाध्याय । हाल सम्म आफैले सत्यता र सत्यता – २ एल्बम बजारमा ल्याईसकेका र छोटो समयमा नेपाली सांगीतिक फाँटमा शिर्ष स्थान ओगट्न सफल गीतकार उपाध्यायले सत्यता – ३ को एक गजलको अडियो युबटुब मार्फत सार्वजनिक भएको छ ।

“पाउमा काँडा विझ्ला है प्रिय हिँड्नु ल सुस्तरी
आँखाको गाजल झर्लौ है प्रिय नझिम्काउ परेली”

बर्तमान नेपाली आधुनिक सङित को गहकिला र अत्यन्तै चर्चित गीतकार हुन् गोबिन्द प्रसाद उपाध्याय । उनै द्वारा रचित माथिको हरफकोगीत अहिले सर्वाधिक चर्चित छ । गीतकार उपाध्याय हाल धेरै गीतलेखन कार्यमा ब्यस्त छन् । माथिका हरफलाई उदयमान गायक नविन थापाले स्वरवद्ध गरेको पाउमा काँडा विझ्लागीतको बोल सामाजिक सञ्जाल युटुबमा भिडियो सार्वजनिक भएको छ । छोटो समयमै युटुबमा गीत मनपराउने दर्शकको क्रमिक रुपमा वृद्धि भईरहेको छ ।

gobinda-pd

नेपाली सांगितिक उद्योगमा भर्खर पाईला चालेका गायक थापाको यो प्रस्तुतीले भने सबैको मन जित्न सफल भएको छ । गीतका हरफसँगै कर्णप्रीय आवाजमा रहेको गीतका शब्द रचना गोविन्द प्रसाद उपाध्यायले गरेका हुन् । गीतमा अनिस श्रेष्ठको संगितलाई सुन्दर लामाले संगित संयोजन गरेका छन् । नायिका बेनिसा हमालको तारिफ योग्य अभिनयसँगै साथ दिएका निर्जन थापाले पनि आफ्नो कलालाई दमदार प्रस्तुत गरेका छन् । हमाल र थापाको उत्कृष्ट केमेष्ट्रिलाई पर्दामा उतार्दै आफूलाई अब्बल साबित गरेका छन् निर्देशक निकेश खड्काले ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु