गोविन्द र कृष्णको कुल कुल सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७४, आईतवार

असार २५, काठमाडौं । गीतकार गोविन्दराज शिवाकोटीको एकल शब्दरचना र गायक कृष्ण भट्टराईको एकल स्वर रहेको गीतिसंग्रह कुलकुल सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको हातबाट कुल कुललाई सार्वजनिक गरिएको हो । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा विशिष्ट अतिथि रहेको उक्त कुलकुल सार्वजनिक कार्यक्रमको सभापतित्व भने गीतकार गोविन्दराज शिवकोटीले गरेका थिए ।

cool cool 01
गायक कृष्ण भट्टराई उपस्थिति अतिथिहरुलाई स्वागत गर्दै गीतकार शिवाकोटीले आफूलाई विश्वास गरेर एकल एल्बमको गीत नै गाउने अवसर दिनुभएकोमा खुशी व्यक्त गर्दै आफू अबको सांगीतिक यात्रामा निरन्तर अगाडि बढ्ने बताए ।

गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले शुभकामना मन्तव्य दिएका थिए । त्यसैगरी प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नशमशेर थापाले गायक भट्टराई राम्रो प्रतिभा भएको उल्लेख गर्दै गीतकार शिवकोटीका शब्दहरुमा पनि फरकपन पाएको बताएका थिए । त्यसैगरी गीतकार गोविन्दराज शिवकोटीले गीतका थापाका गीत सुनेर प्रभावित हुँदै गीत लेखनमा लागेको बताउँदै आज प्रत्यक्ष भेट्न पाएको छु, भन्दै खुशी व्यक्त गरे ।

cool cool 02
एल्बमभित्र तीन गीत समावेश छन् । कुलकुल, आज फेरी, तिमीलाई नदेख्दा, आज फेरी जस्ता गीत समावेश गरिएका छन् । जसमा शंकर थापा, अर्जुन पोखरेल र धनु ग्याङ्मीले संगीत गरेका छन् । एल्बमलाई डस म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु