चर्चित कलाकारको टोली दुबई आउँदै

म्यूजिक खबर
प्रकाशित: २६ जेष्ठ २०७४, शुक्रबार

चिरन न्यौपाने


 

यूएई । ‘झापाली समाज यूएईको नयाँ सोच, असाहय बालबालिका हरूका लागी अक्षय कोष’ मुख्य नारा दिएर नेपाली हरुको माहान चाड हरितालिका (तिज) को अवसर पारी झापाली समाज यूएईले भब्य तिज बिशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

 

नेपालदेखी यूएई आउने कलाकारहरुमा हास्य क्षेत्रका चर्चित कलाकार राई, युवा पुस्ताका चर्चित गायक टंक बुढाथोकी, लोक गायीका सरु गौतम र नव गायिका तथा डान्सर एलिसा तामाङ रहेका छन् । झापा जिल्लाका असाहाय बाल बालीकाको शिक्षाका लागी अक्षय कोष स्थापनार्थ आयोजीत उक्त कार्यक्रम अत्यधिक नेपाली कामदारहरूको बासस्थान रहेको क्षेत्र दुबई सहरको प्रमुख औधोगीक क्षेत्र अलकोज स्थित डलस्को हलमा अगस्ट २५, शुक्रबारका दिन हुने तय भएको छ ।

 

अलकोजमा हुने ऊक्त कार्यक्रममा प्रवासमा रहेर पनी नेपाली संगित क्षेत्रमा निरन्तर लागीपरेका स्थानिय कलाकार हरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । गायक पारस लामा, अजित काफ्ले, प्रशान्त ताजपुरिया, रोमियो राजबंशी, सुमन पाठक, सिम्रन पंचकोटि, मुना बुढाथोकि, उर्मिला बस्नेत एवं नृत्यमा मनोज पौड्याल, सुनिता लिम्बु, गिता माझि, लिजा सिल्वाल, राजेश पाण्डे, बिश्वराज तामाङ साथै यमुना कार्कि रहेका छन् ।

 

कार्यक्रमहल प्रवेश सुल्क यूएई दिराम्स् ३५ तोकीएको छ । दर्शकहरूले कार्यक्रम हल सम्म जानका लागी यातायातको ब्यवस्था आँफै गर्नु पर्ने आयोजकले जनाएको छ । पुराना कार्यक्रमबाट संकलन भएको २ लाख सहित यस कार्यक्रमको आम्दानी जोडेर रू १० लाखको अक्षय कोषको स्थापपना गरीने आयोजक कमिटी सदस्य डिल्ली हुमागाईले हामीलाई बताए ।

jhapali samaj-uae

 

जुन ३ तारीक शुक्रबारदेखी टिकट बिक्रि बिरतण सुरु गरीसकीएको छ । युएईका सबै ईमिरेट्समा रहेका झापाली समाज युएईका क्षेत्रिय समितिहरुमा सम्पर्क गरी टिकट लिन सकिने मुल आयोजक समितिका सचिब भरत बुढाथोकिले जानकारी दिएका छन् । बुढाथोकिले पोष्टरमा रहेका कुनै पनी सम्पर्क फोन नम्बरमा सम्पर्क गरी टिकट लिन सकिने बताएका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु