चलचित्र गायनमा सुजन

म्यूजिक खबर
प्रकाशित: २८ भाद्र २०७३, मंगलवार

काठमाडौं । अरे के सारो ब्युटी…, कथाले मागे पछि…., गौतम बुद्ध.., पप्पी देउन…जस्तो चर्चित गीतका गायक सुजन तिगेला लिम्बु चलचित्रको गीत गायनमा पछिल्लो समय व्यस्त बन्दै आएका गायक हुन । यसै क्षेत्रमा एकदशक विताई सकेका गायक लिम्बुले चलचित्र र फुटकर गरी एकसय पचास भन्दा बढी गीतमा स्वर भरिसकेका छन् । चलचित्र गायनमा खरो उपस्थिति जनाई सकेका लिम्बु भन्छन् ‘नयाँ आउने हामी जस्तालाई प्रोत्साहन र उचित पारिश्रमिक दिनुपर्छ भन्ने कुरामा कसैले ध्यानै दिएको पाईदैन ।’

sujan5
चर्चित संगीतकारहरुको संगीतमा स्वर दिईसकेकामात्र होईनन् रोजाईमा समेत परेका गायक सुजन तिगेला लिम्बुले लै लै मेरी कान्छी, कालजयी, धरान बजारमा, कान्तिपुर जस्तो गीति एल्वम श्रोतामाझ पुर्याईसकेका छन् । गायक लिम्बुले यतिबेला नयाँ एल्वमको लागि गीत रेकर्डिङ गरिरहेका छन् । सम्भावना बोकेका गायक लिम्बु सबै खाले गीत गाउन आफु सक्षम रहेको बताउछन् । प्रतिस्पर्धाको यो युगमा गायक लिम्बुले आफुलाई कहाँ उभ्याउने हुन त्यो भने हेर्न बाँकी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु