चौंथो म्यूजिक खबर म्यूजिक अवार्ड–२०१५ को आवेदन खुला

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७२, मंगलवार

काठमाडौं । चौथो म्यूजिक खबर म्यूजिक अवार्ड २०१५ को आजबाट औपचारिक रुपमा आवेदन खुला गरिएको छ । विगत चार वर्षदेखि म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको यस म्यूजिक अवार्डको चौंथो संस्करणको आज विहीबारबाट आवेदन खुला गरिएको आयोजक संस्था म्यूजिक खबर डटकमले प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

music award 2015
म्यूजिक खबर डटकमले विगत चार वर्षदेखि आधुनिक, लोक, चलचित्र, पप जस्ता गीतसंगीतको विधामा केन्द्रित रहेर विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ । गीतसंगीतको क्षेत्रमा क्रियाशील रहेका स्रष्टाहरुलाई प्रोत्साहन एवं सम्मानका उद्देश्यले यो अवार्डको आयोजना गरिएको हो । नेपाली गीतसंगीतको क्षेत्रमा दिनानुदिन नयाँ–नयाँ फड्को मार्ने काम तीब्र रुपमा अगाडि बढिरहेको छ । यसो त मौलिकता हराउँदै गएको आरोप बेला बेलामा गीत संगीत उद्योगले खेप्नु परिरहे पनि यस क्षेत्रमा भएको विकासले पनि फड्को मारेको अवस्था छ । त्यसो त लोक संगीत, दोहोरीदेखि आधुनिक वा सुगम संगीतसम्मको सांगीतिक यात्रा हाम्रो अर्थमा गर्व गर्न लायक छ । प्रविधिको सहजताले आम मानिसमा गीतसंगीत प्रभावकारी हिसाबमा फैलिरहेको छ भने प्रतिभा हुनेको लागि पहुँच अझै फराकिलो बन्दै गइरहेको छ । यसै परिप्रेक्ष्यमा नेपाली गीत संगीतको प्रबद्र्धन एवं सम्बद्र्धन होस् तथा मौलिक गीत संगीतले अझै प्रश्रय पाउन सकोस् भन्ने हेतुले रङ्ग पत्रकारिताका माध्यमले विशेषगरी गीतसंगीतलाई आत्मसात गर्दै केही वर्षदेखि सुरु भएको अनलाईन पत्रिका www.musickhabar.com ले ‘स्तरीय एवं मौलिक संगीतको धार– नेपाली गीतसंगीतको आधार’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै ‘चांैथो म्यूजिक खबर म्यूजिक अवार्ड–२०१५’ को गीत संगीतको मनोनयन दर्ता आव्हान गरिएको म्यूजिक खबरले जनाएको छ ।

गीतसंगीतलाई नै केन्द्रविन्दुमा राखेर कला, संस्कृति र स्रष्टाहरुको हकअधिकारका आवाज बुलन्द पार्दै आएको अनलाईन पत्रिका www.musickhabar.com ले आयोजना गरेको म्यूजिक अवार्डको यो तेश्रो संस्करण हो । गीत संगीतको सरलीकरण आम श्रोतामा सहज पहुँच एवं राम्रा गीतसंगीतलाई प्रोत्साहित गर्न र नेपाली कला संस्कृतिको क्षेत्रमा गीत संगीतका माध्यमले थोरै भए पनि योगदान दिन सकियोस् भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको ‘चांैथोे म्यूजिक खबर म्यूजिक अवार्ड–२०१५’ लाई भव्यताका साथ सम्पन्न गर्नका निमित्त सम्पूर्ण गीतसंगीत प्रेमी महानुभावहरु, गीत संगीत क्षेत्रमा क्रियाशील तथा कलाप्रेमीहरु तथा सञ्चारकर्मी साथीहरुलाई प्रचारप्रसारका माध्यमले एवं विभिन्न सहयोगका निम्ती म्यूजिक खबर डटकमले अनुरोध गरेको छ ।

पहिलो म्यूजिक खबर म्यूजिक अवार्डदेखि तेश्रो अवार्डसम्म आइपुग्दा नेपाली गीतसंगीत क्षेत्रका महानुभावहरुले उत्साहजनक रुपमा हाम्रो यो अवार्डमा सहभागिता जनाएर अवार्डलाई चौंथो वर्षसम्म आइपुग्दा एउटा उचाइ दिनुुभएकोमा म्यूजिक खबरले आभार प्रकट गरेको छ । प्रत्येक वर्ष अंग्रेजी मिति अनुसार अवार्डको आयोजना गरिँदै आएको म्यूजिक अवार्डलाई यस वर्षबाट नेपाली मिति अनुसार यही चैत मसान्तसम्म बजारमा आएका गीत, संगीतलाई अवार्डमा सहभागी गराइने भएको छ । आजबाट सुरु भएको चांैथो म्यूजिक खबर म्यूजिक अवार्ड २०१५ मा सहभागी भएका गीतसंगीतहरुलाई मूल्यांकन गरी उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिनेछ, भने राजधानीमा एक भव्य कार्यक्रमका बीच स्रष्टाहरुलाई अवार्ड प्रदान गरिनेछ । उक्त अवार्ड कार्यक्रममा विगतको वर्षहरुमाझैं प्रतिभा प्रोत्साहन सम्मान, संगीत पत्रकारिता पुरस्कार लगायत विभिन्न सम्मानका साथमा मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिने अवार्डका अध्यक्ष सुमन बैरागीले जानकारी दिएका छन् ।

Details

Start:
March 28, 2015 8:00 am
End:
July 31, 2015 5:00 pm
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु