जंगमलाई लाइफटाइम, ढकाललाई संगीतरत्न, खरेललाई कला पत्रकारिता

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७३, सोमबार

काठमाडौं । आगामी मङ्सिर २४ गते सम्पन्न हुन गइरहेको विन्ध्यवासिनी म्यूजिक अवार्डमा वरिष्ठ संगीतकार दीपक जंगमलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । विन्ध्यवासिनी अवार्डको यो सातौं संस्करणको अवार्ड समारोहमा गीतसंगीत क्षेत्रमा अतुलनीय योगदान पु¥याएवापत जंगमलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको आयोजक संस्थाले बताएको छ । जंगमलाई अवार्ड समारोहका बीचमा ५११५१ (एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ) राशिसहित सम्मान गर्न लागिएको हो ।

ramkrishna_deepashree
त्यस्तै गीतसंगीतकै क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत गायक रामकृष्ण ढकाललाई संगीतरत्न सम्मान प्रदान गरिने भएको छ । १५५१५(पन्ध्र हजार पाँच सय पन्ध्र रुपैया) नगद राशिसहित ढकाललाई विन्ध्यवासिनी संगीतरत्न सम्मान प्रदान गरिने भएको हो । त्यस्तै चर्चित पत्रकार सुमन खरेललाई यसवर्षको विन्ध्यवासिनी कला पत्रकारिता सम्मानबाट सम्मानित गरिने भएको छ । उनलाई २५, ५२५ (पच्चिस हजार पाँच सय पच्चिस) रुपैयाँ राशिसहित सम्मान प्रदान गर्न लागिएको विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीले जानकारी दिए ।

त्यसैगरी यस वर्ष अत्यधिक चर्चा र कमाइको हिसाबले पनि अगाडि रहेको चलचित्र छक्कापन्जाकी निर्देशक दीपाश्री निरौलालाई विन्ध्यवासिनी चलचित्र सम्मान प्रदान गरिने भएको छ । उनलाई १०,००१ (दश हजार एक रुपैयाँ) राशिसहित सम्मान गरिने भएको रेग्मीले जानकारी दिए ।
कार्यक्रम आगामी मङ्सिर २४ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा सम्पन्न हुन गइरहेको छ । सातौं विन्ध्यवासिनी म्यूजिक अवार्डमा विभिन्न ३१ विधाका गीतसंगीतका कला र कलाकारहरुले अवार्ड चुम्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु