जन्मदिनमा ‘फ्यान–फलोअर्स’का लागि शुशिलाको यस्तो उपहार ! हेर्नुहोस् भिडियो 

म्यूजिक खबर
प्रकाशित: १३ फाल्गुन २०७४, आईतवार

फागुन १३, काठमाडौं । छोटो समयमा चर्चाको शिखरमा पुगेर सांगीतिक क्षेत्रमा तहल्का मच्याउन सफल गायिका शुशिला पाठकले आज जन्मदिन मनाएकी छिन् । अहिले आफुलाई सांगीतिक क्षेत्रमा अब्बल गायिका बनाउने दौडमा रहेकी गायिकाले जन्मदिनको अवसर पारेर आफ्ना फ्यान फलोअर्स र शुभेच्छुकका लागि उपहार भन्दै आफ्नै स्वर तथा अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
संगीत तथा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वहरु लगायत परिवार र नजिकका साथीभाईहरुको उपस्थितिमा गायिका शुशिलाले केक पनि काटेकी थिइन् । शुशिलालाई उनका गुरु तथा बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।
आधुनिक डान्सिङ बिटको ‘सानी’लाई बोलको गीतको प्रिमीयर सो गरेपश्चात पाठकले आफुलाई यो गीतले अघि बढ्नमा निकै सहयोग गर्नेमा विश्वस्त रहेको बताइन् । आफुलाई छोटो समयमा नै स्थापित हुनलाई सहयोग गर्ने सम्पूर्ण फ्यान फलोअर्स र शुभेच्छुकका लागि आफु सदैव ऋणी रहेको सदैव यस्तै मायाको अपेक्षा गरेको उनले बताइन् ।
कुमार शिवाकोटीको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा गायिका आफैले कम्मर मर्काएकी छिन् । बिशाल पौडेलेले एरेन्ज गरेको गीतमा सुम्निमा, राज र मिलनको कोरियोग्राफी रहेको छ । सचिन थापाले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।
हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु