जानुले ल्याइन् ‘अनुभब’ र ‘शिविरमा ईश्वर’

म्यूजिक खबर
प्रकाशित: २३ कार्तिक २०७२, सोमबार

काठमाडौं । युके निबासी गीतकार जानु काम्बाङ लिङदेनले गीतिएल्बम ‘अनुभब’ र कवितासंग्रह ‘शिविरमा ईश्वर’ लिएर आएकी छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी बरिष्ठ गायक, संगीत नाट्य एकेडेमी सदस्य सचिव गणेश रसिकको प्रमुख आतिथ्यमा तथा बरिष्ठ संगीतकार बुलु मुकारुङ, बरिष्ठ गीतकार डा.कृष्ण हरि बरालको बिशेष अतिथिमा जानुको गीतिएल्बम अनुभव र कवितासंग्रह शिविरमा ईश्वरको सार्वजनिक गरिएको हो ।
सांसद गणेशकुमार काम्वाङले सभापतित्व गरेको बिमोचन कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथि तथा अन्य उपस्थित अतिथि हरुले जानुको अनुभब एल्बमको प्रसंसा गर्दै उनको लेखन शैलीदेखि शब्द छनौट पद्दतिसम्म एकदमै राम्रो भएको बताएका थिए । साथै अतिथिहरुले एल्बम अनुभव र कवितासंग्रह शिविरमा ईश्वरको सफलताको शुभकामना पनि दिएका थिए ।
सोहिअवसरमा एल्बमको सात नम्बर ट्रयाकमा रहेको आनन्द कार्की र संजिविनीद्वारा स्वरबद्ध ‘चाहन्थे म तिमीलाई बोलको गीतको म्यूजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो । उक्त म्यूजिक भिडियोमा अभिनेता सरोज केसी, नायिका कविता शर्मा र मोडेल रुषा केसीको बेजोड अभिनय रहेको छ । उक्त एल्बम बिमोचन कार्यक्रमको संयोजन एवं संचालन अभिनेता तथा संचारकर्मी सरोज केसीले गरेका थिए ।

12207797_10206842192605826_2068881033_n
ताप्लेजुंङ जिल्लाको तमोर खोला इखाबु गाबिस वार्ड न–६ मा जन्मेकी गीतकार जानु काम्बाङ लिङदेन हङकङबाट हङकङ आइडी हुदै युकेमा पति बिजय बिक्रम लिङदेन दुइ छोरा र एक छोरीसंगै बस्दै आउनु भएको छ । सानै उमेरदेखि साहित्य लेखनमा रुचि राख्ने गीतकार जानु काम्बाङ लिङदेनको प्रेरणाको श्रोत भने संचारकर्मी सरोज केसी र गायिका शर्मिला बर्देवा हुन् । गीतकार जानु एक छिनमा नै तुरुन्त कुनै पनि समय परिस्थितिलार्इ समेटेर भैरहेको अबस्थाको बारेमा गीत लेख्न सक्ने खुबी भएकी गीतकार हुन् ।

12207729_10206842192125814_663896925_n
एल्बममा गीतकार जानु काम्बाङ लिङदेनको शब्द रचना तथा तारा प्रकाश लिम्बुको संगीतमा रहेको यस अनुभब एल्बममा प्रमोद खरेल, हेमन्त शर्मा, रजीना रिमाल, आनन्द कार्की, संजिविनी, अमृता लिम्बु, श्रेयसी चेम्जोङ, मेलिना रार्इ र तारा प्रकाशको स्वर सुन्न पाइन्छ साथै यो एल्बमको अन्तिम ट्रयाक भने बोनस ट्रयाकको रुपमा राखिएको छ जसको संगीत शिखर सन्तोसले दिएका छन् भने आनन्द कार्की र संजिविनीको आबाज रहेको छ । जम्मा सात वटा गीत रहेको यो एल्बमको बजार ब्यबस्थापन थ्री जी साउण्डले गरेको कुरा थ्री जी साउण्ड इन्कका म्यानेजिङ डाइरेक्टर संचारकर्मी सरोज केसीले जानकारी गराएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु