जेनिशालाई किन सम्झिए राजुले राती मात्र ?…(भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७४, शनिबार

मंसिर ९, काठमाडौं । मायामा त्याग हुन्छ अनि तपश्या पनि हुन्छ । अझ मायामा शंका हुन्छ र त्यो शंकाले भ्रम उत्पन्न गराउँन सक्छ । यसरी उत्पन्न भएको भ्रमले मान्छेको जिन्दगीमा उथलपुथल ल्याई दिन सक्छ । यस्तै उथल पुथल ल्याई दिएको छ नायक राजु श्रेष्ठको जिन्दगीमा पनि ।
यो वास्तविकता होईन, एउटा भिडियोको कथा हो । निरन्तर साँगीतिक प्रस्तुतिहरु दिई रहेका गायक तथा संगीतकार ताराबीर पाण्डेको स्वर रहेको ‘राती सम्झिन्छु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिलीप घिमिरेको शब्द रहेको उक्त गीतलाई राजिव शाहले एरेञ्ज तथा रेकर्डिङ र मिक्सिङ गरेका छन् ।


ताराबीर पाण्डेले नै हालै सञ्चालनमा ल्याएको स्टुडियो यमन प्रा.लि.को प्रस्तुति रहेको उक्त गीतको भिडियोमा जनकराज अधिकारीको छायाँकन रहेको छ भने राजु श्रेष्ठ, जेनिशा बस्नेत र ज्वाला घिमिरेले त्रिकोणात्मक भूमिका निर्वाह गरेका छन् । उक्त भिडियोको निर्देशन तथा सम्पादन तुलसी बाँस्कोटाले गरेका हुन् ।

गीतको भिडियो कथामा राजु र जेनिशा एकले अर्काको मायामा अत्यन्त आकर्षित छन् तर बिचमा जेनिशाले राजुको साथमा ज्वाला घिमिरेलाई देख्छिन् अनि उनहिरु बिचमा तनाब सुरु हुन्छ । उनीहरुको झगडा नै पर्छ । राजुले सम्झाउँन खोज्छन् तर जेनिशाले त्यो कुरा बुझ्दिनन् । राजु तनावमा पर्छन् भने जेनिशा पनि पहिले आफुहरु भेटेको ठाउँमा जान्छिन् । आखिर निश्कर्ष के त ?
थाहा पाउँन भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु