जो गायन शिरोमणी हुन् तर गाउन असमर्थ बनाइएका छन्

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७२, मंगलवार

टीका भण्डारी


उनी लाखौँ श्रोतामाझ प्रिय छन्, असंख्य सङ्गीत प्रेमीहरुको रोजाइमा छन् ! कुनै भर्खरै बामे सर्दै गरेको नवोदित गायक होस् या सङ्गीतका उस्तादहरु हुन् तिनका स्वराभ्यास गर्ने गीत प्राय उनकै सङ्गीतका हुन्छन । किनकि उनलाई नेपाली सङ्गीतका नयाँ पुस्ता स्वर ( ब्याकरण कै रुपमा मान्ने गर्दछन, तर बिडम्बना, उनी गाउन असमर्थ बनाइएका छन् ।

कुनै पापी आयो नेपाली संगीतमा उनको कालजयी र अजम्बरी भनिएको जिब्रो छिनभरमा चुँडेर लग्यो । यही कारण २०४६ सालदेखि आजसम्म उनी ठुलो पीडामा बाँचेका छन् । त्यो बेलादेखि आजसम्म पेटमा अन्न परेको छैन । दुध र फलफूलको रसको भर छ । हिजो उनको गायन शक्तिको राप ताप हुँदा संचार माध्यम र आफ्ना भनिनेहरु घर तथा स्टुडियोमा भेट्न लर्को मारिरहेका हुन्थे त्यो अवस्था पनि आज छैन । उनलाई केवल २०३० सालदेखि ४६ सालसम्म गाएका उनकै अमर गीतहरुले बचाएको छ । ती गीत संगीतप्रति अगाध आस्था राख्ने लाखौं लाख संगीतप्रेमीहरुको माया र स्नेहले जीवन उर्जा दिइरहेको छ ।
२०४३ सालमा रेडियो नेपाल प्रवेश गर्दा गर्दै मैले उनलाई राम्ररी चिन्ने अवसर पाएँ । उनका लोकप्रिय गीतहरु मध्ये ‘जहाँ छन् बुद्धका आँखा, माया मेरी साँझ बनी, माया तिम्लाई केही भन्न मन लाग्छ, जति चोट दिन्छौ देउ मायालु लगायत ४ दर्जनभन्दा बढी गीतहरुमा मेंड़ोलीन र गितारका धुनहरु सजाएको छु । भारतको सिलिगुडीमा भक्तराज आचार्य – नारायण गोपाल सन्ध्यामा स्टेजमा उनीहरुका गीतमा मेंड़ोलिनका धुनहरु बजाएको छु । त्यहाँ उनीप्रति फिदा उनका शुभचिन्तकहरुको पागलपन देखेको छु । स्वरको जादुले मानिसको मुटु हल्लाएको देखेको छु ।

tika

भजन शिरोमणी भक्तराज आचार्यका भजनले मोहनी लाउनेहरु रेडियो नेपालमा फर्माइस पठाउँछन् अझै पनि । अहिले पनि (एक दिन मैंले प्रभु संग सोधें, तन मन बचनले प्रभु नाउँ गाउँ, दुर्गे देउ भक्ति मलाई जस्ता भक्ति गीत रेडियो नेपालबाट हरेक बिहान गुन्जन्छन् ।
मुटु जलिरहेछ, जति चोट, हजार सपनाको, जीवन भन्नु त घात, प्रिय तिमी आदि उनका अजम्बरी आधुनिक गीतहरु हुन् जसले उनको पहिचान बोकेको छ । बि स १९९९ मा धनकुटाको एक गाउँमा जन्मेका यी अजर स्रष्टाले झन्डै आफ्नो सांगीतिक जीवनको १५ बर्षको अवधिमा ५०० भन्दा बढी गीत गाएका छन् । उनको गायन ख्यातिकै कारण आचार्य नामक एक स्तरीय नेपाली चलचित्र समेत निर्माण भइ प्रदर्शन भैसकेको छ । जसले धेरैको मन लुट्य़ो । गायक भक्तराजलाई जसले शारीरिक रुपमा यो अवस्थामा ल्याइपु¥यायो । ती भने इतिहासबाट कैले नउठ्ने गरि नामेट भैसकेका छन् , जसले उनको आवाज चाहेका थिएनन्, भक्तकै स्वर र सुरले रेटिएर मर्नेछन तर उनी अझै हजार वर्ष बाँच्ने छन् यसै गरी । आखिर उनका २ पुत्र सत्य –स्वरुपले पनि गर्विलो ढंगबाट पिताको बिंडो थामेकै छन् ।

(भण्डारी बरिष्ठ संगीतकार हुन् ।)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु