टंकको अफर: कभर गाउनुस्, २५००० लानुस्

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७३, बिहीबार

hasu-kasari

काठमाण्डौ । नेपाली गीत संगीतको बजारमा पछिल्लो समय चर्चामा रहने नाम हो टंक बुढाथोकी । गीत संगीतमा नयाँ नयाँ प्रयोग गरेर दर्शक तथा स्रोतको मन जितेका टंकको यतिबेला भने नेपाली मौलिक लोक भाकालाई प्राथमिकता दिइएको नयाँ अडियो बजारमा आएको छ । फरक शैलीमा तयार भएको ‘हाँसु कसरी माया हाँसु कसरी’ बोलको गीतको अडियो बजारमा आएको हो ।

दर्शक तथा स्रोताको लागि जसले यस गीतको उत्कृष्ट कभर गीत निर्माण गर्छ उसले एउटा नयाँ गीतमा स्वर दिन पाउनुको को साथै नगद रु पचिस हजार समेत उपहार स्वरुप पाउने छ । पछिल्लो समय कभर गीत निर्माण निकै बढेकोले पनि आफुले यस गीतको कभर गीत गाउने एक जनालाई अर्को नयाँ गीतमा गाउने मौका दिनुको साथै नगद समेत दिन लागेको उनी बताउँछन् ।

‘हाँसु कसरी माया हाँसु कसरी’ बाट टंकले दर्शक तथा स्रोताको मन जित्नेमा समेत विश्वास रहेको बताउँछन् । नेपाली मौलिक लोक भाकालाई प्राथमिकता दिदै फरक एरेन्जमेन्टमा टंक बुढाथोकीको स्वर तथा संगीत रहेको यस गीतलाई टिका राम बुढाथोकीले रचना गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु