टीकागोपाल संगीत छात्रवृत्तिको घोषणा

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७३, आईतवार

काठमाडौं । गायक कन्हैया सिंह र गायिका अन्जना गुरुङले आफ्नै टीकागोपाल डिजिटल एम. क्रियशन प्रा.लि.ले गीतसंगीतको क्षेत्रमा आउनका लागि आर्थिक अवस्था कमजोर भएका प्रतिभाहरुलाई अगाडि ल्याउनका लागि टीकागोपाल संगीत छात्रवृत्तिको घोषणा गरेका छन् । कन्हैया सिंहका मातापिता टीकागोपालको नाममा संचालित म्यूजिक कम्पनीका तर्फबाट संगीत छात्रवृत्ति वर्षमा दुईजनालाई प्रदान गरिने बताइएको छ । एकजना केटा र एकजना केटीलाई वर्षमा संगीत अध्ययन गर्नका लागि टीकागोपाल स्मृति कोषबाट रकम प्रदान गर्ने टीकागोपाल डिजिटल एम क्रियशनका प्रबन्ध निर्देशक कन्हैया सिंहले कार्यक्रममा जानकारी दिए । वर्षमा दुईजनालाई छात्रवृत्ति प्रदान गर्नका लागि सिंहले कम्पनीको व्यवस्थापक गीता परियारको संयोजकत्वमा संगीतकार सन्तोष श्रेष्ठ र पत्रकार सुमन बैरागी निर्णायक रहने गरी समिति गठन गरेका छन् ।

gita-pariyar

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु