डा निमा पुनलाई मिस मंगोलको उपाधि

म्यूजिक खबर
प्रकाशित: ३२ श्रावण २०७२, सोमबार

काठमाडौं । मिस मंगोल नेपाल २०१५ को उपाधी डा.निमा पुनले चुमेकी छन् । शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगितामा आफ्ना ३० प्रतिष्पर्धीलाई उछिन्दै रोल्पाकी २३ वर्षिया डा. पुनले शिर्ष उपाधीका साथ एक लाख रुपैयाँ पुरस्कार पाएकी छन । उनी भरतपुर मेडिकल कलेजमा कार्यरत छिन ।
प्रतिष्पर्धामा सुनसरीकी २२ वर्षिया स्वरुपा थापामगर र भोजपुरकी २० वर्षिया सम्झना राई क्रमश फस्ट र सेकेन्ड रनरअप घोसित भए । स्वरुपा र सम्झनाले क्रमश ५० र २५ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन । सम्झनाले मिस स्माइलको उपाधी पनि हात पारेकी छन । प्रतियोगीतामा देशभरका १८ जिल्लाका प्रतियोगी सहभागी थिए ।

IMG_3701
गतवर्षकी प्रतियोगी मेरिना लिम्बुलाई ‘प्रिभियस एक्सलेन्स अवार्ड’ प्रदान गरिएको प्रतियोगीतामा सिमा राई मिस ट्यालेन्ट, चेसुङ लिम्बु पब्लिक च्वाइस, मेलिना गुरुङ फोटोजेनिक, दिपिका तुलाचन मिस पङचुअल र कुसुम क्याङबो मिस डिस्सिप्लिन घोषित भए । त्यसैगरी अरुना कुलुङ मिस पर्सनालिटी, मेलिना तामाङ मिस बेस्ट स्किन, सविना कौछामगर मिस फ्रेण्डसिप घोषित भए।

IMG_3669
नेपाली सौन्दर्य प्रतियोगीतामा आफ्नै पहिचान बनाएको मिस मंगोल नेपालको सातौं संस्करणमा पुर्ण लामा, सुविन लिम्बु, रेखा शाह, चुडामणी भट्टराई, हिमाल राई, सिपोरा गुरुङ, भरतमणी लिम्बु, रमेशचन्द्र राई र मनिका राईसम्मिलित निर्णायक मण्डल रहेका थिए । प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले तीन साता प्रशिक्षण थिएका थिए ।
सुन्दरता, बौद्धिकता र संस्कृतीबीचको फ्युजनका रुपमा लिइएको मिस मंगोलमा विजेता छनोट प्रक्रियालाई बैज्ञानिक र सान्दर्भिक बनाउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट सोलाई आधार बनाइँदै आएको छ । मिस मंगोल नेपालमा १६ देखी २४ वर्ष उमेरका, घटीमा एसएलसी पास एवं पाँच फिटभन्दा बढी उचाई भएका आदिवासी समुदायका अविवाहित युवतीले भाग लिन पाउने प्रावधान रहेको छ ।

IMG_3762

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु